बेलबारी,२३ असोज । नेपाली काँग्रेस मोरङ क्षेत्र नम्बर ३ मा ईमान्दार र कर्तब्यनिष्ठ नेताको छबि बनाएका बेलबारी १ का राजकुमार लिम्बुले पार्टी परित्याग गरेको घोषणा गरेपछि पार्टीभित्र भुँईचालो गएको छ । 

आईतबार बिहान उनले बेलबारी ३ स्थित ड्रिमल्याण्ड फनमा पत्रकार सम्मेलन गरी पार्टी परित्याग गरेको घोषणा गरेका हुन । उनले आफुमाथि पटक-पटक घात भएपछि पार्टी परित्याग गरेको बताए । २०७४ को स्थानीय निर्बाचनमा बेलबारी नगरपालिकाको मेयरमा उमेदवारी दिएका उनी झिनो मतका साथ पराजित भएका थिए । उनले पार्टीकै नेताहरुको अन्तरघातका कारण आफु हारेको भन्दै उनले हराउने बिरुद्ध उजुरी दिएको तर पछि पार्टीकै नेताहरुले अन्याय हुन नदिने भन्दै उजुरी फिर्ता गराएका थिए ।

310932281_2048670355303463_2561254442107920411_n२०७९ को निर्बाचनमा समेत मेयरमा आकाँक्षी रहेका उनलाई पन्छाउदै अरुलाई नै मेयरको टिकट दिएको र महासमिति सदस्य बन्न लाग्दा समेत तिनै नेताका कारण आफुले दाबी छोडेको उनले गुनासो गरे । नेताहरुको नाम नै तोकेर उनले ती नेताहरु यस क्षेत्रमा भएसम्म पार्टी कहिल्यै उभो नलाग्ने भन्दै आफुले पार्टी छोडेको उनले बताए । 

पत्रकार सम्मेलनमा पटक पटक भावुक भएका उनले सिंगो जीवननै पार्टीमा गुमाएप्नि केही नेताहरुको स्वार्थका कारण आफु सदैव पिडित भएको उनले बताए । सामाजिक काममा सक्रिय रहने तर यस्तो फोहरी राजनीति नगर्ने उनले बताए । बेतना दैनिकबाट