काठमाडाैं,२३ असोज । नेकपा एमालेका नेता महेश बस्नेतले प्रतिनिधि सभा सदस्य पदका लागि उम्मेदवारी दर्ता गराउनुभएकाे छ ।

310956663_669569474532611_902846672840645543_nमंसिर ४ गते हुने प्रतिनिधि सभा चुनावका लागि नेता बस्नेतले आइतबार भक्तपुर क्षेत्र नम्बर-२ बाट उम्मेदवारी दर्ता गराउनुभएकाे हाे । बोडेकाे कृषि विकास तालिम केन्द्रस्थित क्षेत्र नम्बर-२ निर्वाचन कार्यालयमा पुगेर उहाँले उम्मेदवारी दर्ता गराउनुभएको हो ।

311157476_669569737865918_7441635810969966863_nउम्मेदवारी मनोनयन दर्तापछि सञ्चारकर्मीसँग कुरा गर्दै नेता बस्नेतले राष्ट्रिय राजनीतिमा नेकपा एमाले आएपछि मात्रै भक्तपुरको आवाज संसद्‍मा मुखरित भएको बताउनुभयाे । उहाँले आगामी चुनावमा विजयी बनेसँगै भक्तपुरमा औद्योगिकरण गर्ने, नयाँ शहर निर्माणको काम गर्ने र रोजगारी सिर्जना गर्ने आफ्नो लक्ष्य रहेको बताउनुभयो ।

311112535_669569267865965_6630007889762816061_nसत्ता गठबन्धन जनताको बीचमा अलोकप्रिय र आलोचित भएको भन्दै नेता बस्नेतले आफू तेब्बर मतान्तरसाथ विजयी हुने पनि बताउनुभयाे ।सांस्कृतिक सम्पदाको पुर्ननिर्माणलाई निरन्तरता दिने पनि उहाँले बताउनुभयाे । उम्मेदवारी दर्ताका क्रममा एमालेका नेता-कार्यकर्ताले महेश बस्नेत जिन्दावाद, नेकपा एमाले जिन्दावाद लगायत नारा समेत लगाएका थिए ।

साे क्षेत्रमा सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका जिल्ला पार्टी सभापति दुर्लभ थापाले उम्मेदवारी दिनुभएको छ । 

311036311_669569147865977_8787259567080013397_n