- गणेश आचार्य
दाङ,२३ असोज । दाङमा नेकपा एमालेका महासचिव शंकर पोखरेलसहित ९ जना नेताले उम्मेद्वारी मनोनयन दर्ता गराउनु भएको छ ।
महासचिव शंकर पोखरेलले क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा सदस्यकालागि उम्मेद्वारी मनोनयन दर्ता गराउनु भएको छ । मनोनयन दर्ता पश्चात पत्रकारसँग कुरा गर्दै महासचिव पोखरेलले बलियो राष्ट्रिय शक्ति निर्माण, विकास र समृध्दिका लागि आफ्नो उम्मेद्वारी भएको बताउनुभयो । क्षेत्र नम्बर २ को प्रदेश सभा क मा बलिभद्र राना र ख गिरिराज केसीले उम्मेद्वारी दर्ता गराउनुभएको छ ।
क्षेत्र नम्बर १ मा शान्ता चौधरीले प्रतिनिधिसभा सदस्यकालागि मनोनयन दर्ता गराउनुभएको छ । क्षेत्र नम्बर १ प्रदेश सभा तर्फ क मा गंगाराम भट्टराई र ख मा कुलबहादुर केसीले उम्मेद्वारी दर्ता गराउनुभएको छ ।
त्यसैगरी क्षेत्र नम्बर ३ प्रतिनिधिसभा तर्फ कोमल वली,प्रदेश सभा तर्फ क मा घणश्याम पाण्डे र ख मा हुकुमबहादुर बस्नेतले उम्मेद्वार दर्ता गराउनुभएको छ ।



















