बेलबारी,२४ असोज । मोरङको क्षेत्र नम्बर ३ मा जनाता समाजवादी पार्टी नेपाल र माओवादी केन्द्र परित्यागगरी ठुलो संख्यामा नेता कार्यकर्ताहरु एमालेमा प्रवेश गरेका छन् । सोमबार बेलबारीमा भएको एक कार्यक्रम बीच सीता राईको नेतृत्वमा जनता समाजवादी पार्टी र माओवादी केन्द्रका १९ जना नेता कार्यकर्ताहरु एमालेमा प्रवेश गरेका हुन् ।
नवप्रवेशीहरुलाई नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा मोरङ क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार भानुभक्त ढकालले स्वागत गरेका थिए ।
निर्वाचन क्षेत्र नम्बर ३ समन्वय कमिटीका इन्चार्ज डि.पि. राईको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेशसभा (क) तर्फका उम्मेदवार .दिलिपकुमार राई (ख) का उम्मेदवार ज्ञानेन्द्रप्रसाद सुवेदी पार्टीका १ नम्बर प्रदेश कमिटी सदस्य केदारप्रसाद गुरागाई बेलबारी इन्चार्ज घनश्याम गौतम,बेलबारी नगर अध्यक्ष ईरान राई लगायतका नेताहरुको उपस्थिति रहेको थियो । ३ नम्बर क्षेत्रीय कमिटी अध्यक्ष भोला अधिकारीले कार्यक्रम संचालन गरेका थिए ।



















