मिनेन्द्र दाई लाई मेरो पत्र ।

दाजु नमस्कार आरामै हुनुहुन्छ जस्तो लागेन । तपाई असोज २३ गते देखि संचार माध्यम मा छटपटाईरहेको पाए त्यसैले भाईको नाताले दाईलाई चिट्ठी लेख्दैछु । फोन गर्न मन थियो तर २०७६ माघ ८ गते विहिवार देखि तपाईले मेरो फोन रिसिभ गर्नु छोड्नुभयो । तपाईले मलाई जनता समाजवादी पार्टीमा हुँदा तपाई र मेरो भेटघाट बाक्लै थियो । तर म फोरम पार्टी छोडेर नेकपा मा प्रवेश गरे माघ ८ गते २०७६ सालमा त्यस पछि तपाइ र मेरो भेटघाट त के फोन सम्म उठाउन छोड्नु भो कारण रहेछ म नेकपा मा गए । तर तपाईको ईच्छा कांग्रेस भाई आओस भन्ने रहेछ, तर म कांग्रेस जस्तो प्रतिगामी तानाशाही पार्टी मा जाने कुरो भएन नी ?

जुन कुरा अहिले शेर बहादुर देउवाले तपाईको टिकट खोसेर सुजता कोइराला लाई दिए पछि थाहापाउनु होला । तपाई हाम्रो पार्टी अध्यक्ष केपी बा लाई भेटी राख्नु भाको देखिरहेको छु संचार माध्यम हरूबाट मिनेंद्र दाईलाई । त्यसैले तपाई ढिलो नगरी नेकपा एमालेमा प्रवेश गर्न मेरो हार्दिक अनुरोध छ । किनभने दाई जत्तिको मान्छे यसरी कांग्रेस मा हेपिएर बसेको सुवाएन ।

जहाँ इज्जत हुदैन दाई त्यहा बस्नु हुदैन । तपाई लाई पनि थाहा होला तपाई हरू नगेन्द्र प्रसाद हरू रामेश्वर को साहिला छोरा रामभक्त का सन्तान हरु हो भने म अथवा हामी हरू तिनै रामेश्वर का काहिला छोरा गोवर्धन का सन्तान हौ त्यही भएर रगतको नाता सम्बन्धले गर्दा दाई लाई मैले आत्मा देखि नै एमालेमा आउन अनुरोध गरेको हो । तर तपाईलाई यो कुरा फोनममै भन्न सक्थे । फोन मेरो उठाउनु हुदैन । म एमालेमा गए भनेर दाई ।

संकटको बेलामा मोरङ २ बाट चुनाव जित्नुभयो । सुजाता चुनाव हार्ने डरले समानुपातिकमा बसिन आज तिनै सुजतालाई तपाईको टिकट खोसेर देउवाले दिए । यत्रो अन्यायमा विभेदमा पर्दा पनि कांग्रेसमा बस्नु तपाईको नैतिकता व्यक्तित्वले दिंदैन् । प्रचण्ड माधव बाबुराम झलनाथ सिपि वामदेवहरूले पार्टी परिवर्तन गर्दा हुने मिनेंद्र रिजालले किन नहुने ?

 रामप्रसाद रिजाल नेकपा एमालेका युवा नेता हुन् ।