बेलबारी,२५ असोज  । पछिल्लो समय राजनीतिमा युवाहरुको आर्कषण बढदो छ । आसन्न मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनका लागि  मोरङ ३(ख) बाट प्रदेश सभा सदस्य पदका लागि यस क्षेत्रका लोकप्रिय चर्चित युवा सामाजिक ब्यक्तित्व बेलवारी ३ का २७ बर्षे  ऐश्वर्य प्रसाद आचार्य(बिपिन) समेत  प्रतिस्पर्धामा रहेका छन् ।  

बेलबारीको सामाजिक,सन्चार, खेलकुद क्षेत्र साथै बेलवारी जेसिज लगायत विभिन्न सामाजिक संघ सस्थाहरुमा नेतृत्वदायी भुमिकामा काम गरिरहेका उनी बेलवारी नगरपालिकाका पुर्व जनप्रतिनिधि समेत भैइ सकेका ब्यक्ति हुन। बि.स ०५१ साल भाद्र १३ गते मोरङ जिल्ला केरावारी गाउँपालिका वडा न ६ मा पिता स्व.लक्ष्मीप्रसाद आचार्य र माता हर्कमाया आचार्यको सातौ सन्तानको रुपमा जन्म भई जिवनयापनका क्रममा बिगत ०६२ सालबाट बसाइँसरी बेलवारी ३ सहकारी टोलमा उनी स्थायी  बसोबास गर्दै आएका छन् ।

केराबारी ६ मा अवस्थित श्री सार्वजनिक माबि बाट ५ सम्मको अध्यायन त्यसपछि बेलवारी ३ मा रहेको श्री भगवती माबि बाट ०६७ सालमा (प्रबेशिका) सोही बिद्यालयबाट कक्षा १२ उर्तिण गरी उनी यतिबेला बिराटनगरमा स्नातक तह अध्यायनरत समेत रहेका छन । 

सानैदेखि समाजसेवामा होमिएका उनी मध्यम  बर्गीय परिवारका हुन। सानैमा बुबाको निधन भएपछि पारिवारिक बोझ समेत उनकै काँधमा रहेको छ । उनी बेलवारी र सुन्दरहरैचा क्षेत्रका सबै बर्गमा लोकप्रिय  छन्। सामान्य जीवन जिउन रुचाउने उनी केही गरौं भन्ने भवना भएका युवा हुन,दिनदुखहरुका सेवामा सदैव तत्पर उनी सकारात्मक सोच बोकेका युवा हुन। उनी निर्वाचन  जित्नेमा आशावादी समेत रहेका छन । लामो समय काँग्रेसको राजनीति गरेका उनी पछिल्लो समय स्वतन्त्र रुपमा रहेका छन । उनले उमेदवारी समेत स्वतन्त्र बाटै दिएका छन । बेतना दैनिकबाट