विराटचोक,२५ असोज । मोरङ क्षेत्र नम्बर १ प्रदेश 'ख' मा स्वतन्त्र उम्मेदवारी दिएका नेकपा एमालेका नेता डिल्ली शर्माले उम्मेदवारी फिर्ता लिएका छन् । शर्माले एमाले १ नम्बर प्रदेश कमिटी सदस्य समेत रहेका खड्ग बस्नेतलाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिएका हुन् ।
उनले पार्टीको तर्फबाट आधिकारिक उम्मेदवार भएका बस्नेतलाई विजयी गराउन अपिल समेत गरेका थिए । कमरेड खड्ग निकै संघर्ष गरेको, राम्रो र इमान्दार ब्याक्ती हुनुहुन्छ,’ शर्माले भने ‘राजनीतिक निष्ठावान लाई सबैले मत दिएर सहयोग गरौं।’
साविक सिंहदेवी गाविस मोरङका पुर्व अध्यक्ष समेत रहेका शर्माले मंगलबार पार्टी स्थायी कमिटी सदस्य गुरुबराल समेतको उपस्थितिमा उम्मेदवारी फिर्ता लिएका थिए । शर्मा गएको स्थानिय तहको निर्वाचनमा मोरङको केराबारी गाउँपालिकाको अध्यक्षको आकांक्षी रहेका थिए । पार्टीले युवानेता सुमन मिरिङ्चिङ्लाई उम्मेदवार बनाए पछि उनलाई प्रदेश सभाको उम्मेदवार बनाउने आस्वासन दिईएको स्थानिय एक नेताले बताए ।
पार्टी प्रदेश कमिटी सचिवालय सदस्य समेत रहेका शर्माले उम्मेदवारी फिर्ता लिए संगै उनको प्रशंसा हुन् थालेको छ । यदि शर्मालाई एमालेले उम्मेदवार बनाएको भए फरक पार्टीमा आस्था राख्ने केही मतदाताको समेत भोट पाउने सम्मको राजनितिक क्षवी बनाएका व्यक्तिव रहेको स्थानिय कार्यकर्ताहरुको भनाई रहेको छ ।



















