मोरङ,२७ असोज । नेकपा एमालेका स्थायी कमिटी सदस्य भानुभक्त ढकाल अहिले आफ्नो निर्वाचन क्षेत्रमा व्यस्त हुनुहुन्छ । पार्टीले मोरङ क्षेत्र नं ३ बाट पुनः प्रतिनिधि सभा सदस्यको उम्मेदवारी बनाएपछि ढकाल पार्टीका अन्य कामलाई छाडेर चुनावी अभियानमा लाग्नु भएको छ ।
पार्टीले प्रतिनिधि सभा सदस्यको उम्मेदवार पुनः बन्ने मौका दिएर मोरङका जनताको सेवा गर्ने अवसर दिएको ढकालले बताउनुभयो । नेता ढकाल २०७४ सालको निर्वाचनबाट प्रतिनिधि सभाको सदस्यमा यसै क्षेत्रबाट निर्वाचित भई ३ वटा मन्त्रालयको मन्त्री समेत हुनुभएको थियो ।
निर्वाचन जितेर सम्पूर्ण जिल्लावासीको साझा जनप्रतिनिधिको रूपमा काम गर्ने ढकालले प्रतिबद्धता व्यक्त गर्नुभयो । ‘सम्पूर्ण दाजुभाइ दिदी बहिनीको हितमा साझा प्रतिनिधिको रूपमा थप भूमिका निर्वाह गर्नेछु’, ढकालले भन्नुभयो ।
नेता ढकालले गएको पर्व बडा दशैँको उपलक्ष्यमा आफ्ना निर्वाचन क्षेत्रका जनताहरुको टोलटोल गएर शुभकामना आदानप्रदान कार्यक्रम गरिसकेका छन । शुभकामना आदानप्रदान कार्यक्रमको अवस्वरमै बिभिन्न पार्टी परित्यागगरी धेरैको संख्यामा एमाले प्रवेश गरे । ढकालले पार्टीबाट मनोनयन दर्ता गराएसँगै गाउँ गाउँमा गएर स्थानीयको समस्या, सुझाव र गुनासो संकलन गर्न लाग्नुभएको छ । सो क्रममा आफ्नो कार्यकालमा केही गर्न छुटेका योजनाको बारेमा स्थानीयसँग छलफल गर्नुभएको छ । उहाँहरूको समस्या समाधानका लागि आवश्यक पहल गर्ने बचन दिनुभएको छ ।
यसै गरी स्थानीयसँग भेटघाट र छलफलले चुनावी वातावरणमा ऊर्जा थपिएको ढकालले बताउनुभयो । ढकालले चुनावी अभियानका क्रममा निर्वाचन क्षेत्र पुगेर स्थानीयको समस्या बारे छलफल गर्नु भएको छ । उहाँहरूले विगतमा भएका कामहरूको लागि धन्यवाद दिनुका साथै विभिन्न थप सुझाव दिनुभएको ढकालले बताउनुभयो । नेता ढकालले आफु बिरुद्दमा लागेका केहीं आरोपहरुको पनि खण्डन गर्नु भएको छ । नेता ढकालले आरोपहरुको खण्डन गरेसँगै निर्वाचन क्षेत्रका नेताकार्यकर्ताहरु उत्साहित देखिएको बेलबारी ९ का अरुण खवासले बताए । जनता भन्छन' पुर्वमन्त्री बिरुद्द भ्रम फिजाईएको रहेछ अव छर्लंग भयौ" ।



















