विराटचोक,२८ असोज । नेकपा नेकपा (एस) मोरङका नेता चन्द्र ढकाल (झापाली) एमालेमै फिर्ता भएका छन । शुक्रबार नेकपा एमालेको बेलबारी १० मा भएको कार्यकर्ता भेटघाट कार्यक्रमको अवसरमा नेता ढकाल एमालेमै फर्किएका हुन ।
नेता ढकाललाई एमाले स्थायी कमिटी सदस्य तथा संघियसांसदका उम्मेदवार भानुभक्त ढकाले स्वागत गरेका थिए । गएको स्थानीय निर्वाचनमा मोरङको सुन्दरहरैंचा ८ का वडाध्यक्षका उम्मेदवार समेत रहेका झापाली नेकपा एस मोरङको लिल्ला कमिटी सदस्य साथै सुन्दरहरैचा नगर कमिटीकको सस्थापक उपाध्यक्ष हुनहुन्छ ।



















