उर्लाबारी,२९ असोज । नेकपा एकीकृत समाजवादी मोरङ जिल्ला कमिटी  सचिवालय सदस्य तथा उर्लाबारी नगर इञ्चार्ज मन‍ोरथ भण्डारी  नेकपा एमालेमा फर्किएका छन । शनिवार एमालेको मंगलबारे स्थित पार्टी कार्यलयमा भएको नगरकमिटिको बैठकको अवसर पारेर नेता भण्डारी एमालेमा फर्किएका हुन् ।

312000649_2698867710246411_6354203974202672182_n कम्युनिष्ट पार्टीमा इमान्दार छवि बनाएका नेता भण्डारीलाई बैठकका  प्रमुख अतिथि नेकपा एमालेका स्थायी कमिटी सदस्य गुरु बराल,मोरङ १ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार घनश्याम खतिवडा,प्रदेशसभा सदस्य उम्मेदवार  उमाकान्त गौतम लगायतले स्वागत गरेका थिए । 

311947241_2698867760246406_7535358377532641437_n

असोज २८ गते स्थानीय नेता सहित केन्द्रीय नेताहरु गुरु बराल,लालबाबु पण्डित र बिनोद ढकाल सँगको छलफल पछि नेता भण्डारी एमालेमा फर्किन राजी भएको कुरा एमाले उर्लाबारीका अध्यक्ष गँगा बास्तोलाले जानकारी दिए । 

त्यसैगरी असोज २८ गते नेकपा एसकै मोरङ जिल्ला कमिटी सदस्य सुन्दरहरैंचा ८ निवाशी चन्द्र ढकाल झापाली एमाले प्रवेश गरेका थिए । यो भन्दा अघिदेखि नै नेकपा एस मोरङ बाट धेरै नेताहरु एमालेमै फर्किसकेको अध्यक्ष बास्तोलाले जानकारी दिए ।