विराटचोक,३० असोज । मंसिर ४ मा हु ने प्रतिनिधि सभा चुनावका लागि नेकपा एमालेका स्थायी कमिटी सदस्य भानुभक्त ढकाल अहिले आफ्नो निर्वाचन क्षेत्रमा व्यस्त हुनुहुन्छ । पार्टीले मोरङ क्षेत्र नं ३ बाट पुनः प्रतिनिधि सभा सदस्यको उम्मेदवारी बनाएपछि ढकाल पार्टीका अन्य कामलाई छाडेर चुनावी अभियानमा लाग्नु भएको छ । गएको बडा दशैँको उपलक्ष्यमा आफ्ना निर्वाचन क्षेत्र अन्तर्गतका २४ वटा वडामा गएर सुभकामना आदान् प्रदान कार्यक्रम गरि सक्नु भएको छ ।
अहिले नेता ढकाल दोश्रो चरणको कार्यक्रम टोलटोलका जनताहरु सँग पुगेर भेटघाट र छलफल गर्नु भएको छ । यस क्षेत्रमा एमालेको चुनावी अभियान अन्य उम्मेदवारहरुको तिब्र गतीमा रहेको पाइएको छ । यसैक्रममा शनिवार कानेपोखरी गाउँपलिका वडा नं. ६ स्थित वडाको उत्तरपूर्वीमा पर्ने सिताधापका जनतासँग भेटघाट कार्यक्रम गर्नु भएको छ ।पालिकाकै विकट गाउँ मानिने सो गाउँका जनताले यस अघि बोलेका कुरा पुरा हुँदा खुशी व्यक्त भएका छन् । यस अघि बाटो, विजुली र पुल माँग गरेका थिए । बाटो र विजुली नभएको अन्धकार गाउँमा अहिले गाडी पुग्ने बाटो र विजुली पुगेको कारण जनताहरुले खुशी व्यक्त गरेका हुन् । कानेपोखरी वडा नम्वर ६ को बिकट टोल सुन्टोलीमा भएको भेलामा युवाको प्रतिनिधित्व गर्दै स्थानीय युवा किरण सुन्दासले भन्नुभयो “अघि वढनुस भानुभक्त ढकाल हामी साथमा छौ ।”

अहिले त्यस स्थानका जनताले पूर्वपटीका डाँसखोलामा दिगो तटबन्धन, सुकुम्बासीको समस्या, गाउँको बीचमा झोलुङ्गे पुल र सिताधापमा पुलको माग गरेका छन् । जनताको माँगलाई आगामी ५ बर्ष भित्र पुरा गर्ने प्रतिनिधिसभाका उम्मेदवार भानुभक्त ढकाल र प्रदेशसभाका उम्मेदवार दिलिपकुमार राई (किशोर) प्रतिबद्दता जनाउनु भयो ।

त्यसैगरी सुन्तली टोल र भट्टराई टोलमा पनि भेटघाट कार्यक्रम गरिएको थियो। त्यहाँको जनतालाई उम्मेदवार ढकालले पार्टीले राष्ट्रीयताका लागी खेलेको भूमिका र आफ्नो कुरा बताउनुभएको थियो । त्यहाँको जनताले उम्मेदवार ढकाल र राईलाई अल्गालो मार्दै अन्य पार्टीका नेता मिलेर एमालेलाई नराम्रो बनाउने खेल खेल्दै भ्रम छरेको बताए ।
साथमा प्रदेश कमिटी सदस्य ताराबहादुर काफ्ले, पार्टी केन्द्रिय विभाग सदस्य बद्री अर्याल, प्रेस चौतारी पुर्व केन्द्रिय उपाध्यक्ष लिलाराज भट्टराई एमाले मोरङ जिल्ला सचिवालय सदस्य भोला अधिकारी, जिल्ला सदस्य दानबहादुर बस्नेत, नविन पौडेल, गाउँकमिटी सदस्य खड्ग बस्नेत, भोला पराजुली लगाएतका नेता सहभागी थिए ।
सोही दिन यस्तै वडा नम्वर ४ मा चाडवाडको शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ । कानेपोखरी वडा नम्वर ४ मा भएको शुभकामना आदान प्रदान कार्यक्रमलाई सम्वोधन गर्दै प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार एमाले स्थायी कमिटि सदस्य भानुभक्त ढकालले एमालेको सकार बनेपछि सुकुम्वासीलाई धनीपूर्जा प्रदान गरिने बताउनुभएको छ । अघिल्लो चुनावमा गरिएको प्रतिवद्धता बमोजिम सुुकु्म्वासीलाई लालपूर्जा प्रदान गर्न आफू कानुन मन्त्री हुदाँ कानुन निर्माण गरिएको बताउनुभयो ।
नेपालको इतिहाँसमै जग्गा दिने कानुन संसदबाट बनाएको पहिलो पटक भएको उहाँले स्मरण गराउनुभयो । कानुनको अभावमा यस अघि १७ पटक बनेका सुकुम्वासी समस्या आयोगले सुकुम्वासीलाई लालपूर्जा प्रदान गर्न नसकेकाले यो समस्यालाई दीर्घकालिन ढंगले समाधान गर्न कानुन निर्माण गरिएको बताउनुभयो । उहाँले कानुन निर्माण गरेर सुकुम्वासी समस्या समाधान आयोग समेत गठन गरि आयोगले आफनो काम अगाडी वढाईरहेको बेला परमादेशबाट सरकार ढलेका कारण पूर्जा बितरण गर्न नसकिएको बताउनुभयो । पाँच बर्ष सम्म सरकार टिकेको भए सुकु्म्वासीको नाममा भोट माग्ने कार्यको अन्त्य हुने थियो उहाँले भन्नुभयो ।
कानुन पास भएको दिन नेपाली काँग्रेसले बिपक्षमा मतदान गरेको स्मरण गराउदै अहिले नेपाली काँग्रेसनै सुकुम्वासीका अनुयायी भएजस्तो गरिरहेकाले जनतालाई वास्तविकता वुझन आग्रह गर्नुभयो । उहाँले गतचुनावमा आफू प्रचारमा आउदा कानेपोखरीमा पूर्व पश्चिम हाइवेले छुने ठाँउमा मात्र कालोपत्रे भएको अहिले कानेपोखरीमा ५७ किलोमिटर कालोपत्रे भएको छ के यो बिकास हैन ? उहाँले प्रश्न गर्नुभयो । यस्तै आफू स्वास्थ्यमन्त्री हुदाँ निर्णय गरेर कानेपोखरीमा १५ शैयाको अस्पताल निर्माण भइरहेको उहाँले बताउनुभयो ।
जनतालाई भ्रमित बनाउने गरि बिपक्षीले फैलाउने अफवाह देखि सचेत रहन एमाले उम्मेदवार ढकालले आग्रह गर्नुभयो । कार्यक्रममा प्रदेशसभा सदस्य पदका उम्मेदवार दिलिप कुमार राईले जनताको शीर नझुक्ने गरी कार्य गर्ने प्रतिवद्धता जनाउनुभयो । कार्यक्रममा उत्साह पुर्वक जनताहरुको सहभागीता रहेको थियो ।



















