उदयपुर, ३० असोज । नेपाली कांग्रेसका नेता एवं परराष्ट्रमन्त्री डा. नारायण खडकालाई चुनावको मुखैमा ठूलो झडका लागेको छ ।
खडकाको निर्वाच क्षेत्रमा पर्ने उदयपुरको चौदण्डी नगरपालिकाका एउटा वडाका सवै नेता–कार्यकर्ताले आज बैठक बसेरै नेपाली कांग्रेस परित्याग गरेका छन ।
नेपाली कांग्रेसले जनतामा स्थापित नेताहरुलाई खापा लगाउने र आसेपासेलाई मात्रै अवसर दिने गरेको तथा पछिल्लो समय कांग्रेस मुलुककै हित बिरोधी काममा संलग्न भएको ठहरसहित आज ५८ जना नेता–कार्यकर्ताले कांग्रेस त्यागेका हुन ।






















