काठमाडौं,१ कात्तिक  । नेकपा एमालेका स्थायी समिति सदस्य रघुजी पन्तले नेकपा एमालेको सरकार हटाएर पाँच दलीय गठबन्धन बनाएपछि के गर्यौं भन्दै प्रश्न गर्नुभएको छ ।

नेकपा एमाले नेतृत्वको सरकारले मुलुकमा थुप्रै उत्साहजनक काम गरेको तर गठबन्धनले मुलुक बर्वाद बनाएको बताउनु भयो । नेकपा एमाले काठमाडौं क्षेत्र नम्बर ७ मा आयोजित कार्यक्रममा पन्तले भन्नुभयो, एमालेलाई सरकारबाट हटाइयो, गठबन्धन बनाइयो भन्दै छौं, बिकाशको नेतृत्व गरेको एमालेलाई हटाएर पाँच दलीय गठबन्धन बनाएपछि तिमिहरुले गर्यौं के ?

पन्तले कुनै नेताले पार्टी छाडदैमा नेकपा एमाले कमजोर नहुने पनि बताउनु भयो । एमाले हराउने अभियानका साथ स्वतन्त्र उठेका रामबीर मानन्धरप्रति लक्षित गर्दै पन्तले भन्नुभयो, ‘कसैलाई लाग्छ-म नहुँदा एमाले सकिन्छ, जानुस न त, उठनु भएको छ, हेरौं न त हामीले तपाईं के हो ? जनता के हो ? तपाई के हो ?’

नेता पन्तले बर्तमान सत्ता गठबन्धन मुलुक लुटनेहरुको गिरोहमा परिणत भएको बताउनु भयो । ‘लोकतन्त्र बलियो भएको भए मध्यरातमा कमिशन एजेण्ट र ब्यापारीको मान्छे लगेर बजेटमा ब्यापक हेरफेर गर्ने अर्थमन्त्रीलाई केही हुँदेन । जेलमा हुने मान्छेलाई फेरि लगेर अर्थमन्त्री बनाउने प्रचण्ड र देउवा पार्टीलाई भोट दिने कि नदिने ? भोट होइन सजाय दिनुपर्छ,’ पन्तले भन्नुभयो ।

उहाँले आगामी चनावमा बहुमतका साथ नेकपा एमालेको सरकार बनाउन सवै दृढताका साथ लाग्नुपर्ने पनि बताउनु भयो । ‘नेकपा एमालेले सरकार बनाउनु पर्छ, मुलु बनाउनु पर्छ । यही हो अहिलेको मुख्य कुरा,’ पन्तले भन्नुभयो ।