विराटचौक,१ कार्तिक । मोरङ क्षेत्र नम्बर ३ मा काँग्रेसभित्र भाँडभैलो शुरु भएको छ । एकपछि अर्को गर्दै पार्टीका ईमान्दार नेता तथा कार्यकर्ताहरुले पार्टी परित्याग गर्न थालेका छन ।
नेपाली काँग्रेसका महाधिबेशन प्रतिनिधि बेलबारीका राजकुमार लिम्बुले पार्टी परित्याग गरेको दुई साता नबित्दै मोरङ क्षेत्र नम्बर ३ (ख) का क्षेत्रीय सभापति जगतलाल चौधरी थारुले समेत पार्टी परित्याग गरेको घोषणा गरेका छन । उनले पार्टी पार्टी नभएर निजि कम्पनीको रुपमा परिणत भएको भन्दै पार्टी परित्याग गरेको घोषणा गरेका छन । उनी कााग्रेसमा त्यागी नेताको रुपमा परिचित रहेका छन । उनको बज्ञिप्ती हेर्नुहोस ।
प्रेस विज्ञप्ती
मिति : २०७९ कार्तिक ०१ गते
उपरोक्त विषयमा म मिति २०४७।११। ७ कार्तिक महिना देखी नेपाली कांग्रेस पार्टीमा आबद्ध भई पार्टी प्रवेश भएको र सावीक ने पार्टी क्षेत्र नंम्बर ४ क्षेत्रिय कार्य समिति बेलबारीमा हुदा देखि म क्षेत्रिय सदस्य मनोनित भएको थिए र समय अनुसार ने.का. पार्टीको क्षेत्रिय कार्य विभाजन हुदा क्षेत्र नंम्बर ८ हुन गयको हो ११,१२,१३,१४ औँ महाधिवेशन बाट म पार्टीको क्षेत्रिय प्रतिनिधि भई विभिन्न पदमा कार्यरत क्षेत्रिय उपसभापति तथा पार्टीको विधान सम्सोधन भएको अनुरुप नेका क्षेत्र नंम्बर ३ को प्रदेश विभाजन हुदा प्रदेश (क) (ख) मा परिणत भएको, म प्रदेश नंम्बर ३ (ख) को प्रदेश सभापति पदमा हाल कार्यरत भएर पार्टीमा रही म आफ्नो इमानदार पूर्वक संगठन गर्दै आए र हाल मा २०७८ साल मंसिरको १४ औं महाधिवेशनमा निर्वाचित भएको र हाल म प्रदेश ३ (ख) मा कार्यरत थिए र पार्टीको काम कर्तब्य गर्दै आई रहेको छु, तर नेका पार्टी क्षेत्र नं ३ मा १४ औं महाधिवेशनमा निर्वाचित भएर आउनुभएको प्रतिनिधिहरुले पार्टीमा गर्नु पर्ने व्यवहार पद्धति आफुभन्दा माथीलो निकायको पदाधिकारीहरुलाई अपमानित अपहेलना व्यबहार गरिएको र हाल नेका पार्टी दर्ता भएको केन्द्र समेत कुनै व्यक्तिगत कम्पनीमा नेका पार्टीमा मेरो समय २१ वर्ष समय पार भएको हुदा पार्टीमा काम गर्दा कुनै आशा र विश्वास हुन्छ तर आज हेर्दा विधानमा उल्लेखित भएको कुरा तथा विधानको बुदाहरु मा विभिन्न जात जाति भात्रि संघ संघठन लाई आफ्नो आफ्नो कल्स्टर को ब्यबस्था भएता पनि धनवाला तथा चतुर मानिसहरुको हैकम चल्दोरहेछ मन मात्र भएको मानिसहरूको विचार पनि चल्दैन र सोही कारण ले गर्दा म आफ्नो सो इच्छाले आजको मिति देखि ने। का पार्टी को कुनै पनि क्रयाशिल लगाएत पार्टीको साधारण सदस्य बाट नेका। पार्टी परित्याग गरी स्वतन्त्र जीवन यापन गर्न चाहान्छु । यदि मैले नेका पाटी परित्याग गरीएको बारेमा कुनै साथीहरुलाई मन दुख भएछ भनि मलाई माफ गरी दिनुहोला तपाईहरु लाई म दुवैहात जोडी नमस्कार गर्न चाहान्छ र यो नेका पार्टी परित्याग पत्र दूरसंचारको माध्यमबाट नेका पार्टी वडा नगर प्रदेश क्षेत्रिय जिल्ला केन्द्र समेतलाई यो परित्याग पत्र जानकारी गर्दछु ।
-श्री जगतलाल चौधरी थारु
सुन्दरहरैँचा, ११ मोरङ



















