रुपन्देही,१ कात्तिक । रुपन्देही क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार बिष्णु पौडेललाई जिताउन भन्दै झण्डै दुई सय स्थानीय लोकप्रिय नेताहरु एमाले प्रवेश गरेका छन । मंगलबार बुटवल– ११, हात्तीसुँढका अगुवा नेताहरुसहित १७६ जना आज पौडेलको हातबाट अविर लगाई एमाले प्रवेश गरेका हुन् ।

Screenshot (977)प्रवेश गर्नेहरुमा नेकपा माओवादी केन्द्रका नेता राजु शाही, विशाल राना, नेकपा एकीकृत समाजवादीकी नेतृ राधादेबी अधिकारी, जनता समाजवादीका सुनिल न्यौपाने र प्रबिनकुमार काफ्ले लगायत रहेका छन्  । नव प्रवेशीहरुलाई नेकपा एमालेका उपाध्यक्ष समेत रहेका नेता पौडेल स्वागत गरेका थिए ।

राष्ट्रिय राजनीतिमा प्रभावशाली भूमिका खेल्नुका साथै रुपन्देहीको बिकासको नेतृत्वकर्ता नेता भएकोले उहाँलाई जिताउने अभियानमा लाग्ने अठोटसहित एमाले प्रवेश गरेको नव प्रवेशिहरुको तर्फबाट माओवादी केन्द्रका नेता राजु शाहीले  मन्तव्य  व्याक्त गरे ।  उनीहरुले बिष्णु पौडेलको जीत सुनिश्चित भएपनि सो अभियानमा लाग्ने अठोटसहित एमाले रोजेको बताए ।