• भगवती बस्नेत 

बेलबारी,५ कात्तिक । मंसिर ४ मा हुने निर्वाचनमा मोरङ ३ का  एमाले उम्मेदवारहरुलाई भव्य स्वागत गरिएको छ । प्रतिनिधि सभाका उम्मेदवार भानुभक्त ढकाल र  प्रदेश सभा "ख" का उम्मेदवार ज्ञानेन्द्रप्रसाद  सुवेदीलाई भव्य स्वागत गरिएको हो  ।

कातिक ४ गते निर्वाचन क्षेत्र अन्तर्गत बेलबारी ११ को घरदैलो अभियानको क्रममा मतदाताहरुले  स्वागत गरेका हुन् । सोहि क्रममा मतदाताहरुले जितको अग्रिम शुभकामना दिदै स्वागत गरेका थिए ।"पहिले पनि जिताएका थियौ यसपाली पनि जिताएर पठाउछौ "  घरदैलो अभियानमा धेरैको संख्यामा आएका स्थानियवासीहरुले भने ।

पहिले पनि यस ठाउँबाट धेरैले  चुनाव जितेर गए तर भानुभक्त ढकालले जस्तो विकासको बजेट अरु कसैले  पारेनन 'जेष्ठ नागरिक रामकुमार कार्कीले बताए । घरदैलो कार्यक्रमको क्रममै बेलबारीको ११ को मुनाल टोलमा भेला भएका स्थानियहरुले उम्मेदवारहरु पुग्ना साथ तालीले स्वागत गरे। एमाले बाट निर्वाचित निबर्तमान सांसद राजकुमार ओझाको पहलमा निर्माण भएको कालोपत्रे सडकको काम सम्मपन्न भएको दिनको संयोग  परेको रहेछ । उम्मेदवार ढकाललाई अविर लगाइदिदै एकजना जेष्ठ नागरिकले  भने "धेरै भ्रम फ़ैलाइएको रहेछ हामीले सबै कुरा बुझ्यौ बावु " । 

फरक राजनीतिक पृष्ठभूमिका व्याक्तिहरुले चरित्र हत्या गर्न खोजेपनि उहाँको पहलमा भएका विकासका कार्यहरुबाट लाभाम्वित हुने जनताहरुको संख्या धेरै छ, मतदाता कपिल चापागाईले बताए । घरदैलो कार्यक्रममा नेपाली कांग्रेस समर्थक गोपाल परियार एमेलमा प्रवेश गरेका  ।

311028521_5451170891656684_6736896417205237123_n

जेष्ठ नागरिकहरुको बाक्लो उपस्थिति संगै भएको घरदैलो कार्यक्रममा प्रतिनिधि सभाका उम्मेदवार भानुभक्त ढकालले जितको शुभकामना दिनुहुने मतदाताहरुलाई धन्यवाद व्याक्त गरे । मोरङ ३ मा प्रतिनिधि सभामा ढकालको उम्मेदवारी सँगै प्रदेश सभा( क) बाट  दिलिप राई ( किशोर) र ( ख ) बाट ज्ञानेन्द्रप्रसाद सुवेदी उम्मेदवार बनेका छन् । 

यो पनि पढ्नुहोस 

यी हुन्, मोरङ ३ मा निवर्तमान सांसद भानुभक्त ढकालका पहलमा भएका विकासका कार्यहरु

Screenshot (1041)