केराबारी,६ कात्तिक । मोरङको केराबारीमा  नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवासंघ नेपालको गाउँ पालिका कमिटी गठन भएको छ । मिथुन ध्रुबकुमार देवानको अध्यक्षतामा ४१ सदस्यीय कमिटी गठन भएको छ । शनिबार केराबारीमा भएको दोश्रो गाउँ अधिवेशनबाट  ध्रुव कुमार देवान (मिथुन) को अध्यक्षतामा ४१ सदस्यीय कमिटी गठन भएकोहो  ।

त्यसैगरी कमिटीको उपाध्यक्षहरुमा अरुन लिङदम, अर्बिन राई , सचिवमा शंकर मगर, सह सचिवहरुमा  प्रविन मगर र केदार महत लगायत सदस्यहरु चयन भएका छन् । 

305187044_519493622999574_8098031345230812340_nअधिवेशन बाटै युथ फोर्स प्रमुखमा दिपेन मगर  'कोक्सी' र उपप्रमुखमा साइमन बस्नेतलाई जिमेवारी दिइएको युवासंघ मोरङका  नेता विवेक भुजेलले जानकारी दिए । नव गठित कमिटीलाई  युवा संघ मोरङ का का. अध्यक्ष प्रविन घिमिरेले पद तथा गोपनियताको सपथ ग्रहण गराएका थिए ।

 राष्ट्रिय युवा संघ नेपालको केन्द्रिय सदस्य सुमन मिरिङचिङको प्रमुख आतिथ्यता रहेको कार्यक्रमा नेकपा एमाले १ नम्बर प्रदेश कमिटी सचिवालय सदस्य एवं मोरङ क्षेत्र नम्बर १ ( ख) का उम्मेदवार खडगबहादुर बस्नेत, नेकपा एमाले प्रदेश कमिटी सचिवालय सदस्य डिल्लीराम शर्मा जिल्ला कमिटी उपसचिव शान्तीकुमारी लिम्बू भुजेल लागायतको आतिथ्यता रहेको थियो ।

312564693_1488954704938582_4868844520221839141_nराष्ट्रिय युवासंघकी  कार्यवाहक अध्यक्ष निर्मला चेम्जोङको अध्यक्षतामा भएको कार्यक्रमको अवसरमा नेपाली कांग्रेस केराबारी ४ का सचिव देविनन्द तामाङ र आयुस बस्नेत नेकपा एमालेमा पार्टी प्रवेश गरेका थिए ।