ओखलढुङ्गा,७ कात्तिक । ओखलढुङ्गामा माओवादी केन्द्र, नेपाली काँग्रेस र नेकपा एसका २६५ जना नेता कार्यकर्ताहरु आइतबार नेकपा एमालेमा प्रवेश गरेका छन् ।
ओखलढुङ्गाको जन्तरखानीका माओवादी केन्द्रका नेता मदनबहादुर मगरको नेतृत्वमा माओवादी, कांग्रेस, जसपा र नेकपा एसका २६५ जना नेता कार्यकर्ताहरु एमालेमा प्रवेश गरेका हुन् । यसैबीच स्थानीय निर्वाचनमा माओवादी र नेकपा एसका वडाअध्यक्ष र सदस्यका उम्मेदवारहरु सबै एमाले प्रवेश गरेका छन ।
नेकपा (एमाले) केन्द्रीय सदस्य यज्ञराज सुनुवार र पूर्वमन्त्री अम्बिर गुरुङ, जिल्ला अध्यक्ष शंकर कटवाल, प्रदेश कमिटी सदस्य इच्छाकुमारी गुरुङ लगायतले नव प्रवेशीलाई पार्टीमा स्वागत गरेका थिए ।
नवप्रवेशीहरुले एमाले सरकारमा भएका विकास निर्माणका योजनालाई साथ दिँदै विकासको बाँकी काम सम्पन्न गर्न एमाले प्रवेश गरेको बताएका छन् । मंसिर ४ मा हुने निर्वाचनमा एमालेको विजय सुनिश्चित गराउन लाग्ने उनीहरुको भनाई छ ।



















