विराटचोक,७ कात्तिक । नेकपा एमालेको भातृ संगठन अनेरास्ववियुको भेला सम्पन्न भएको छ । अनेरास्ववियुको  मोरङ ३ नम्बर  क्षेत्रीय  कमिटीले सोमबार सकुना क्याम्पसमा भेला सम्पन्न गरेको हो । 

आउदै गरेका पर्वहरु  शुभ दीपावली तथा छठ पर्वको शुभकामाना आदान प्रदान सहित  मंसिर ४ मा हुन गइरहेको संघ र प्रदेश सभाको निर्वाचनमा नेकपा एमालेका उम्मेदवारहरुलाई बिजयी गराउने उदेश्यका साथ भेलाको आयोजना गरिएको बिधार्थी नेता योगेश दाहालले जानकारी दिए । 

311788116_484672963697468_6586953711834962960_n कार्यक्रममा नेकपा एमाले स्थायी कमिटी सदस्य तथा मोरङ ३ बाट प्रतिनिधी सभा सदस्यका उममेदवार भानुुभक्त ढकालको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा प्रदेश सभाका उममेदवारहरु  किशोर राई (क) ज्ञानेन्द्रप्रसाद सुवेदी (ख) बिधार्थी नेताहरु भास्कर खनाल,सन्तोष घिमिरे,नवराज घिमिरे,निता राई,लक्ष्मी पोखरेल,मिलन घिमिरे,संगम कन्दंगवा पार्टी नेता रविन थापा,माधवराज थापा लगायतको उपस्थिति रहेको थियो । 

311623623_1681758835539168_7750942384062842095_n

भेलामा पथरीशनिश्चरे,कानेपोखरी, बेलबारी र सुन्दरहरैंचा बाट गरि दुई सयभन्दा बढी बिधार्थिहरुको सहभागिता रहेको अनेरास्ववियु सुकुनाका नेता अनिल लामा कार्कीले जानकारी दिए । भेलाले मिलन घिमिरेको नेतृत्वमा ३ नम्बर क्षेत्र स्तरीय  निर्वाचन परिचालन कमिटी गठन गरेको छ ।

312583876_1681758945539157_6643221165154070407_n

311789428_484672730364158_5084759262697312780_n

311776459_484672910364140_9117951062882808918_n