चितवन,८ कात्तिक  । एकीकृत समाजवादी निकट उत्पीडित जातीय मुक्ति समाजका केन्द्रीय उपाध्यक्ष चक्र रुचाल नेकपा एमालेमै फर्किनुभएकाे छ ।

एमाले जिल्ला पार्टी कार्यलय भरतपुरमा बुधबार आयाेजित एक कार्यक्रमबीच रुचाल एमाले प्रवेश गर्नुभएकाे हाे । कार्यक्रममा रूचालसहित दुई दर्जन नेता-कार्यकर्ता पार्टी प्रवेश गरेका एमाले चितवनले जनाएकाे छ ।

नव प्रवेशीलाई एमाले स्थायी कमिटी सदस्य काशीनाथ अधिकारी, पाेलिटब्युराे सदस्य एवं जिल्ला इञ्चार्ज देवी ज्ञवाली, केन्द्रीय सदस्य यमबहादुर परियार, चितवन-२ का प्रतिनिधि सभा उम्मेदवार कृष्णभक्त पोखरेल, एमाले जिल्ला अध्यक्ष रामप्रसाद न्यौपानेसहितका नेताहरूले पार्टीमा स्वागत गर्नुभयो ।