विराटनगर,९ कात्तिक । मोरङ क्षेत्र नम्बर ६ (२) का प्रदेशसभा सदस्यका उम्मेदवार पर्शुराम बस्नेत (कृष्ण)ले जनतासामु आफूलाई गल्ति गर्ने छुट नरहेको बताउनुभएको छ ।
युवाहरुको प्रतिनिधित्व गर्दै आफ्नो उम्मेदवारी रहेको भन्दै उहाँले आफु काम गर्नकै लागि उम्मेदवार बनेको बताउनुभयो । आज क्षेत्र अन्तर्गत पर्ने विराटनगर– ६ का जनताका बिचमा पुग्नु भएका बस्नेतले आफुले सामान्य मजदुरबाट राजनितीक जीवन सुरु गरेको तथा दुःख संघर्ष झेलेर अघि बढेको भन्दै क्षेत्रका जनताहरुका बिचमा बसेर काम गर्नसक्ने विश्वास व्यक्त गर्नुभयो ।
भेला भएकाहरुले भने उम्मेदवार बस्नेतसँग स्थानीय तहले कुनै काम नगरेको गुनासो राख्दै त्यसको समेत समन्वय र खबरदारी गर्न आग्रह गरेका थिए । नेकपा एमालेको भातृ संगठन खेलकुद महासंघको केन्द्रिय अध्यक्ष समेत रहनुभएको बस्नेतले जवाफमा भन्नुभयो,‘म जनताप्रति समर्पित भएर काम गर्छु, एक पटक मौका दिनुहोस् ।’
हेर्नुहोस भिडियो



















