दमक,१२ कात्तिक। आम निर्वाचन २०७९ आउँन अव केहि दिन मात्रै बाँकी छ । यस्तो समयमा पनि अन्य विभिन्न पार्टि परित्याग गरेर नेकपा एमालेमा प्रवेश गर्नेको लहर बढीरहेको छ ।
आज दमक स्थित एक कार्यक्रममा यस अघी विभिन्न पार्टिमा आवद्ध भएर महत्वपूणर् जिम्मेवारी सम्हालीरहनु भएकाहरुले सो पार्टिको सदस्यता त्याग्दै आ आफ्नो जिम्मेवारी छोडेर नेकपा एमालेमा प्रवेश गरेका छन् ।
नेकपा एकिकृत समाजवादीका केन्द्रीय परिषद सदस्य केन्द्र प्रसाईं सहित १ सय १ जना एमालेमा प्रवेश गर्नुभएको छ ।
दमकका प्रतिष्ठित व्यवशायी समेत रहेका प्रसाईं पार्टी भित्र केही विमती राखेर नेकपा एसमा लाग्नु भएको थियो । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज साँझा उहाँ सहित १ सय १ जनालाई एमालेमा प्रवेश गराउनुभएको छ ।
पार्टी प्रवेश गरेपछि बोल्दै प्रसाईंले एमालेजति विधी र पद्धतीमा चल्ने पार्टी अर्को नभएको बताउनुभएको छ । उहाँले भन्नुभयो एमालेमा केही असहमती राखेर हामी बाहिरिएका थियौं तर एमाले जतिको कार्यकर्ता परिचालन हुने,अनुशासनमा बस्ने र विधीमा चल्ने अर्को पार्टी रहेनछन् । केही दिनपछि नेकपा एसका दमक नगर,झापा जिल्ला,प्रदेश र केन्द्रीय परिषदमा रहेका धेरै साथीहरु एमाले प्रवेश गर्ने प्रसाईंले बताउनुभयो ।
एमालेमा छँदा प्रदेश कमिटी सदस्य रहेका प्रसाईंले अब एमाले र अध्यक्ष ओलीलाई जिताउन आफू लागि पर्ने प्रतिवद्धता जनाउनु भएको छ ।



















