भक्तपुर, ११  कात्तिक। आगामी मंसिर ४ गते हुनगइरहेको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको तिथि नजिकिँदै जाँदा भक्तपुर २ मा महेश बस्नेतप्रति युवाहरुको आकर्षण ह्वात्तै बढेको पाइएको छ । बस्नेतले लिनुभएको बिकासको नीतिका कारण युवाहरु आकर्षित भएका हुन ।

यही क्रममा आज भक्तपुरमा सयौं युवाहरु एमालेमा प्रवेश गरेका छन् । सूर्यविनायक र सिरुटारमा गरी करिव तीन सय युवाहरु आज मात्रै एमाले प्रवेश गरेका हुन ।

नेकपा एमाले जिल्ला कमिटी भक्तपुरले सूर्यविनायकमा आयोजना गरेको बृहत पार्टी प्रवेश कार्यक्रममा नेपाली कांग्रेसका पूर्वमहासमिति सदस्य (नेपाल लोकतान्त्रिक फोरम केन्द्रीय सदस्य) हाल कांग्रेसका क्रियाशिल सदस्य प्रकाश ढकाल, सुनिल तज (नेपाल लोकतान्त्रीक फोरम जिल्ला सचिव तथा २०७० सालको संविधानसभाका उम्मेदवार), क्रिसन त्वाती स्वतन्त्र, डा. रुपेश गाईजु (विपी कांग्रेसका जिल्ला सभापति), दिपक महत, माओवादी केन्द्रका पूर्वजिल्ला सदस्य, बैकुण्ठ महत, प्रदिप महत, नेत्रबहादुर कार्की लगायतको नेतृत्वमा १ सय ४७ जना युवाहरु विभिन्न पार्टी परित्याग गरी एमालेमा प्रवेवेश गर्नुभएको हो ।

केही समय अघि कांग्रेस परित्याग गरी एमाले प्रवेश गर्नुभएका रामशरण देउजाको संयोजनमा एमाले प्रवेश गर्नेहरुमा गठबन्धनका दल नेपाली कांग्रेस, माओवादी, नेपाल मजदुर किसान पार्टी, नेकपा एकीकृत समाजवादी, कांग्रेस विपी, राप्रपालगायतका दलहरुका १४७ जना हुनुहुन्छ । त्यस्तै सूर्यविनायक नगरपालिका वडा नं. १ सिरुटामा राष्ट्रिय युवा संघ नेपालले आयोजना गरेको युवा भेला तथा पार्टी प्रवेश कार्यक्रममा करिव एक सय ५५ जना युवाहरु विभिन्न पार्टी परित्याग गरी एमालेमा प्रवेश गरेका छन ।

नवप्रवेशीलाई नेकपा एमालेको पोलिटव्युरो सदस्य, पूर्वमन्त्री तथा एमाले क्षेत्र नं. २ का उम्मेदवार महेश बस्नेत, केन्द्र्रीय सदस्य तथा भक्तपुर इन्चार्ज सोमप्रसाद मिश्र, निर्मल भट्टराई, एमाले बागमती प्रदेश सदस्य राजेन्द्र राजथला, शसीजंग थापा, एमाले क्षेत्र नं. १ का उम्मेदवार नवराज गेलाल, जिल्ला अध्यक्ष बचन देउजा, उपाध्यक्ष बाशुदेव थापा, चाँगुनारायण नगरपालिका भक्तपुर क्षेत्र नं. १ ‘क’ क्षेत्रका उम्मेदवार मोहनवीर श्रेष्ठ, सूर्यविनायक ‘क’ उम्मेदवार किरण थापालगायतले नवप्रवेशीलाई टीका लगाई एमालेमा स्वागत गर्नुभयो ।

कार्यक्रममा बोल्दै नवप्रवशी ढकालले कांग्रेसभित्र समस्या र कुरितिको चाङ रहेको उल्लेख गर्दै लोकतान्त्रिक व्यवस्था र विकासको नेतृत्वमा एमालेको विकल्प नभएको बताउनुभयो । आगामी दिनमा एमालेका उम्मेदवारलाई विजयी गराउन जस्तोसुकै भूमिका निर्वाह गर्न तयार रहेको उल्लेख गर्दै ढकालले आगामी दिनमा पार्टी प्रवेशलाई दोब्बरका दरले बढाउँदै लैजाने घोषणा समेत गर्नुभयो । भक्तपुरलाई एमालेको लालकिल्ला बनाएरै छोड्ने उद्घोष गर्दै उहाँले गठबन्धनका उम्मेदवार दुर्लभ थापाको अनौतिक कार्य तथा गतिविधि सैह्य नभएकाले एमाले प्रवेश गरी एमालेलाई भोट र गठबन्धनलाई चोट दिएको उल्लेख गर्नुभयो ।

कार्यक्रममा नेता बस्नेतले सत्ताको आडमा गठबन्धन सरकारले प्रधानन्यायाधिस चोलेन्द्र शमसेर जबरालाई नजरबन्दमा राखेको र न्यायपालिकालाई सेटिङको थलो बनाएको बताउनु भयो । सत्ता गठबन्धनले न्यायापालिकामाथि गिजोल्ने काम गरेको भन्दै उहाँले एमाले त्यसको लागि लाग्नुपर्ने अवस्था रहेको बताउनुभयो । भ्रष्टाचार, अनियमिततालगायतको अन्त्यको लागि एमालेको विकल्प नभएको उल्लेख गर्दै उहाँले भन्नुभयो, ‘शिक्षा, स्वास्थ्य, पर्यटकीय, धार्मिक तथा सांस्कृतिक रुपान्तरणको साथ साथै व्यापक मात्रामा रोजगारीको लागि लाग्नुपर्ने आवश्यकता, औद्योगिकरणको अभियान, कला, संस्कृतिलाई जर्गेना गर्नुपर्ने छ । भ्रष्टाचारमुक्त भक्तपुर बनाउनु छ । त्यसको लागि जनताको अभिमत अपरिहार्य रहेको छ ।’

जनताको हितमा काम गर्ने एमाले मात्र भएको उल्लेख गर्दै उहाँले सामाजिक न्यायको पक्षमा काम गर्ने प्रतिवद्धता जनाउनुभयो । हिजो सिंदरवारले नदेखे पनि एमालेले सिंहदरवारले भक्तपुरलाई खोज्ने अवस्थामा बनाएको र अब भक्तपुरले सिंहदरवारको नै नेतृत्व गर्ने क्षमताको विकास गरेको बताउनुभयो । भक्तपुरमा विकासमा कायापलट भएको उल्लेख गर्दै उहाँले आधुनिक विकास अबको एमालेको अभियान हुने बताउनुभयो । युवालाई रोजगारी सिर्जना गर्नुपर्ने अहिलेको आवश्यकता रहेको औल्याउँदै उहाँले भक्तपुरको आवाज सदनमा एमालेले बाहेक अरुले उठाउने कार्य नगरेको उदाहरणसहित उल्लेख गर्नुभयो ।