दमक,१३ कात्तिक । झापाको कमल गाँउपालिका वडा नं. ५ मा निर्माणाधिन अवस्थामा रहेको आदिबासी जनजाती रंगशाला नेपाली काँग्रेस, माओवादी   केन्द्र लगायत गठबन्धन दलहरुको चुनावी एजेण्डा र स्वार्थ रहेको खुलासा भएको छ । उनिहरुको दोहोरो चरित्रलाई स्थानीय आदिबासी समुदायका अगुवा तथा सरोकारवालाहरुले समेत बुझ्दै गएकाछन् ।

नेपाली काँग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर, माओबादी केन्द्रका अध्यक्ष एवं पुर्व प्रधानमन्त्री प्रचण्ड, लगायतका शिर्ष नेताहरु बारम्बार आएर यहाँ एमालेलाई गालि गर्दै आफुहरुले रंगशाला बनाउने बताएको ५ बर्ष बितिसकेको छ ।

यो डेढ बर्ष सरकारमा रहदा न संघीय सरकारले नीति तथा कार्यक्रममा नै नहालेको र बजेट समेत नदिएको पाइन्छ । माओबादी केन्द्रकै नेता जनार्दन शर्मा अर्थमन्त्री रहेकाछन् । उनले यो नीति तथा कार्यक्रम र बजेटमा नै समावेश गरेनन् ।

आदिवासी रंगशाला तथा स्मृति प्रतिष्ठानका पदाधिकारीहरु नीति तथा कार्यक्रम र बजेट बन्नु अघि काठमण्डौ गएर देउवा नेतृत्वको सरकारका सबैजसो मन्त्री र गठबन्धनका शिर्ष नेताहरुलाई भेटेर ज्ञापनपत्र बुझाएका थिए । तर उनिहरुले बजेट छुट्याउनुको सट्टा राजनीतिक मुद्धा बनाउनमात्र चाहेको पाईयो, एक स्थानीय आदिबासी नेताले भने ।

दमकमा मदन भण्डारी र कमल गाँउपालिकको साविककै ठाँउमा आदिबासी रंगशाला र स्मृती पार्कको बिषयमा आफ्नो धारणा नेकपा एमालेले सार्वजनिक गरेपछि गठबन्धनका दलहरु अत्तालिएकाछन् ।

उनिहरुले राजनीतिक एजेण्डा बनाएर केहि काम गरेका थिएनन् । प्रदेश सभा सदस्यका उम्मेद्वारहरु एमाले नेता हिक्मत कार्की र होमबहादुर थापाले आदिबासी कै नाममा रंगशाला बन्ने र बनाउने बताएपछि गठबन्धनका उम्मेद्वारहरु तिलमिलाएकाहुन् ।

बनाउथे र बजेट ल्याउने भने त गठबन्धनको सरकार थियो तर संघीय सरकारले त एकपैसा पनि छुट्याएन र प्रदेश सरकारले घेराबारा समेत गर्न नपुग्ने चारो जसरी एक करोड छुट्याएर अपमान गरेको छ, प्रतिष्ठानकै एक सदस्यले भने । ईमान्दारिताका साथ एमालेले अहिले यो मुद्धालाई अपनत्व लिएकाले अब हामी आदिबासी समुदायले गठबन्धनका उम्मेद्वारलाई यसलाई राजनीतिक मुद्धा बनाएर आदिबासीको भावानामा थप खेलवाड नगर्न चुनौती दिन्छौ, ति सदस्यले भने ।

काँग्रेस अर्थात शुशिल कोइराला नेतृत्वको सरकारले नाम फेरेको तर गठबन्धनले एमालेले फेरेको भनेर भ्रम पारेको बल्ल बुझेका छौ, स्थानीय हर्क लिम्बुले भने । नाम फेर्ने त काँग्रेस र यसलाई चुनावी मुद्धा बनाउने नेकपा माओवादी  केन्द्र रहेछ हामीले बुझिसकेका छौ, लिम्बुको भनाई छ ।