झापा,१४ कात्तिक  । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले गठबन्धन सरकार नालायक, भ्रष्ट, खन्चुवा र लुटेरा भएको बताउनुभएको छ ।झापामा आज आयोजित मतदातासँगको भेटमा अध्यक्ष ओलीले गठबन्धन सरकारले देशको ढुकुटी लुटेको वताउनुभयो । 

312607703_188258580429688_7248456869663516277_n‘संसद्ले नभएर सेटिङमा परमादेशबाट बनेको असंवैधानिक सरकारका कामबाट विश्व नै लज्जित भएको छ,’ उहाँले भन्नुभयो–  नालायक, भ्रष्ट, खन्चुवा, लुटेरा सरकारका अर्थमन्त्रीले केही व्यक्ति बोलाएर करका दर हेरफेर गर्छन् । देशको ढुकुटीमा योभन्दा ठूलो लुट अरू के हुन्छ ? यो सरकार देखेर विश्व लज्जित छ, तर गठबन्धनलाई कुनै लाज छैन ।’

उहाँले आफू नेतृत्वको सरकारले विकासका धेरै काम गरेको फेहरिस्त पनि सुनाउनुभयो । आफू नेतृत्वको सरकारले गरेका ठूला विकासका काम देखेर एमालेको सरकार ढालेको अध्यक्ष ओलीले बताउनुभयो ।

312981940_188259197096293_6000625600467456961_nउहाँले भन्नुभयो– ‘हामीले धेरै काम गर्यौं । पाइपलाइनबाट पेट्रोल ल्यायौँ । अब भारतले नाकाबन्द गरे पनि पेट्रोल आउँछ । हामीले मेलम्चीको पानी काठमाडौं ल्यायौँ । अरुण तेस्रो जलविद्युतको सुरुवात गर्यौं । तामाकोसीबाट विद्युत उत्पादन गरेर लोडसेडिङको अन्त्य गर्यौं । यसरी मैले विकास गर्न थालेपछि मेरो नेतृत्वको सरकार ढालियो ।’

अध्यक्ष ओलीले आगामी निर्वाचनबाट देशमा परिर्वतन चाहने शक्तिको जीत हुने बताउनुभयो । झापाको कमल गाउँपालिका–३ क्याम्पामा आयोजित चुनावी भेलालाई सम्वोधन गर्दै अध्यक्ष ओलीले भन्नुभयो, ‘देशलाई स्थिर र विकास गर्ने सक्षम सरकार चाहिएको छ, निर्वाचनमार्फत त्यो पूरा हुनेछ ।’

313425741_188258957096317_6716809314033931642_nउहाँले मङ्सिर ४ को आम निर्वाचनपछि देशमा एमाले नेतृत्वको सरकार बन्ने बताउनुभयो । 

अध्यक्ष ओलीले अबको निर्वाचनपछि एमाले नेतृत्वमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र जनता समाजवादी पार्टी (जसपा) को सरकार बन्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले आजै शिवसताक्षीको माइधारमा आयोजित चुनावी अभिमुखीकरण कार्यक्रमलाई समेत सम्बोधन गर्नुभएको थियो ।