जनकपुर,१५ कात्तिक  । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले आगामी चुनावमा गठबन्धनलाई कुनै शक्तिले पराजित गर्न नसक्ने दाबी गर्नुभएको छ । 

मंगलबार धनुषाकाे जनकपुरमा आयाेजित कार्यकर्ता भेलामा बाेल्दै अध्यक्ष नेपालले संविधानको रक्षाका लागि बनेको गठबन्धनलाई कुनै शक्तिले पनि पराजित गर्न नसक्ने दाबी गर्नुभयाे । समाजवादीको चूनाव चिन्ह कलमले मुलुकको नयाँ भविष्य निर्माण गर्ने उहाँकाे दाबी छ ।

मंसिर ४ गते हुने चुनावमा गठबन्धनका उम्मेदवारलाई भाेट दिन अध्यक्ष नेपालले मतदातासँग अपिल गर्नुभयाे । जनताले ०७४ को चुनावमा कम्युनिष्ट पार्टीलाई करिब दुई तिहाई बहुमत दिएपनि केपी ओलीले कुनै काम गर्न नसकेको उहाँकाे आराेप छ ।  ओलीले गुटबन्दी गरेको र अरुलाई आदेश पालना गर्ने दास बनाउन खोजेकाले पार्टीमा विद्रोह भएको आराेप पनि अध्यक्ष नेपालले लगाउनुभयाे ।