विराटचोक,१६ कात्तिक । मोरङ क्षेत्र नम्बर ३ मा नेकपा एमालेका उम्मेदवारको घरदैलो कार्यक्रम सक्रियताका साथ चलिरहेको छ । बुधबार सुन्दरहरैँचा वडा नम्बर ९ मा घरदैलो कार्यक्रम सम्पन्न भएको हो ।

घरदैलो कार्यक्रममा एमालेका उम्मेदवार, नेता, कार्यकर्तासँगै मतदाताको स्वस्फुर्त, सकृय र उत्साहजनक सहभागितामा घरदैलो कार्यक्रम सकिएको नेकपा एमाले वडा कमिटीका अध्यक्ष युबराज पौडेलले जानकारी दिए ।

312604320_1608973496187406_8648969163377233788_nघरदैलोका क्रममा एमाले सरकारमा हुँदा भएका कामका बारेमा मतदातालाई जनाकारी गराउदै सरकारमा हुँदा भएका कामका बारेमा जनताले चासोका साथ हेरेको र फेरि पनि विकास निर्माण, राष्ट्रियताका पक्षमा उभिने पार्टीका उम्मेदवारलाई भोट दिएर जिताउन आतुर भएको मतदाताको प्रतिकृया रहेको युवा संघ  सुन्दरहरैँचाका नगर कमिटी अध्यक्ष भविन पाण्डेले बताए । 

प्रतिनिधि सभा तर्फ एमालेका उम्मेदवार भानुभक्त ढकालले मतदातालाई सम्बोधन गर्दै विकास गर्ने, बाटो निर्माण, सिँचाईको व्यवस्था, कानुन निर्माण स्वास्थ्य क्षेत्रको सुधारकालाई अस्पताल निर्माण, राष्ट्रियताको पक्षमा दरभिलो भएर उभिने पार्टी नेकपा एमाले नै भएको बताएका छन् । यस अघि भएका कामलाई प्राथमिकता दिईने र आगामि दिनमा अपुरा कामलाई पूर्णता दिने प्रतिवद्धता जनाए ।

312348828_1608973796187376_2000539857666572849_n

यस्तै मतदाताले सुकुम्बासी समस्या सामाधान किन नभएको भनि प्रस्न गरेका थिए । यो विषयमा आफ्नो सरकारले कानुन निर्माण गरेको तर कार्यान्वयन हुने चरणमा सरकार परिवर्तन भएकाले पुरा हुन नसकेको हुँदा अब आफ्नो सरकार भनेपछि समाधान हुने बताएका थिए ।

मोरङ ३, प्रदेश सभा (क्षेत्र नं. ख) सदस्यका उम्मेदवार ज्ञानेन्द्र सुवेदीले यो क्षेत्रका जनताको हितमा हुने गरी काम गर्न यो चुनावमा होमिएको बताए । उनले आफूले बेलबारीमा मेयर हुँदा भएका कामका बारेमा जानकारी गराउदै आगामि दिनमा पनि एमाललाई निर्वाचित गराए विकासले फड्को मार्ने बताए ।

312779228_1608973579520731_4485306794571977866_n

पहिले पनि सूर्य, अहिले पनि सूर्य, भोलि पनि सूर्य भन्दै पारिलो घाममा बसेर लसुन केलाउदै एकजना आमाले मन्दमुस्कानमा आफ्नो बलेसीमा भोट माग्न आएका उम्मेदवारलाई प्रतिवद्धता समेत जनाईन् । मोरङ ३ मा ४ पालिकाका २६ वटा वडाहरु सुन्दरहरैँचा, बेलबारी, पथरीशनिश्चरे नगरपालिका र कानेपोखरी गाउँपालिका रहेका छन् ।