आज उमेदवार चर्चामा सर्वेन्द्र खनाल
दलहरु कोहि पनि सवै क्षेत्रमा उमेदवार उठाएर एक्लै नलडेको अवस्थमा समानुपातिकमा दललाई प्रत्यक्षमा मन परेको उमेदवारलाइ मत माग्नु पर्ने व्यवाहारिक सत्यताको विचमा आज चर्चा गरौँ काठमान्डौ क्षेत्र नम्बर ६ बाट संघिय संसदमा प्रतिस्पर्धामा रहनु भएका पुर्व प्रहरी महानिरिक्षेक सर्वेन्द्र खनालको । मैले यो लेख्दै गर्दा मैले सुरुमै एउटा कुरा स्पष्ट नपार्ने हो भने कतिपयले कमेन्ट गरेर आफ्नो शव्दहरु विना खर्चने तथ्य पनि बुझेकोले एउटा कुरा अहिले नै प्रष्ट पारेर नै थप अरु लेख्छु ।
त्यो के भने वहाँ जुन दलको तर्फ बाट उमेदवार बन्नु भएको छ त्यस दल र अझै खास गरि त्यस भित्रको गलत पात्र र प्रवृति प्रति म आज पनि त्यत्तिकै आक्रामक छु र तिनको विरोध जमेर गर्छु । तर त्यसो भनेर मैले त्यस क्षेत्रमा संघीय संसद हुन कम्मर कसेर लागेका मध्य सबै भन्दा योग्य पात्र सर्वेन्द्र खनाल हुन भन्ने आफ्नो निष्कर्षलाइ दबाउन मिल्ला त ? भनेर आफ्नै मनलाइ सोधें अनि मनले भन्यो हैन कि सर्वेन्द्र योग्य हैनन भनेर दलीय पूर्वाग्रह राखेर आफ्नै निष्कर्षलाइ कुचेल्न पर्यो वा जे सत्य हो त्यो लेख्नु पर्यो । मैले दोश्रो बाटो रोजें र सोहि अनुसार म त्यस क्षेत्रमा भए रहेका मध्य सबै भन्दा अब्बल सर्वेन्द्र खनाललाइ विजयी गराउन हुन आमा बुवा दाजु भाइ दिदि वहिनी संग अनुरोध गर्ने निर्णय गरें ।
मैले किन सर्वेन्द्रलाइ योग्य देखें भनेर मैले कारण लेखिरहन नपर्ला नै किन कि त्यही काठमान्डौकै जनताको आँखा अगाडी थानेदार , जिल्ला प्रहरी प्रहरी प्रमुख , अपराध महाशाखा प्रमुख अनि नेपाल प्रहरी प्रमुख भएर आफ्नो योग्यता प्रदर्शन गरिसकेको व्यक्तिको वयान मैले गरिरहन नै पर्दैन काठमान्डौका जनतालाइ नै थाहा छ । म यति भन्छु कि सर्वेन्द्रलाइ जिताउने जनताले कमसेकम वहाँलाइ जिताएकोमा पछुताउनु पर्नेछैन ।




















