- भगवती बस्नेत
विराटचोक ,१८ कात्तिक । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्यको निर्वाचनमा नेकपा एमालेले प्रचार अभियानलाई तिब्र पारेको छ । बिहिबार मोरङ क्षेत्र नं. ३ का संघीय सांसदका उम्मेदवार भानुभक्त ढकाल र प्रदेश सांसदका उम्मेदवार ज्ञानेन्द्रप्रसाद सुवेदीले बेलबारीको ४ नम्बर वडामा चुनावी अभियान सम्पन्न गरेका छन ।
यसै क्रममा बेलबारी ४ स्थित सिसौली, जडिबुटी टोल, लिच्ची बगैचा टोल,मिल टोल र बुधबारे टोल लगायतका क्षेत्रका स्थानीयवासीहरुले उम्मेदवारहरुलाई टोलटोलमा भव्य स्वागत गरेका छन् । उम्मेदवारहरुलाई स्वागत गर्न टोलटोलमा भेलाभएर बसेका मतदाताहरुले खादा मालाले सम्मान गरेका थिए ।
भोट माग्ने क्रममा करिव दिउसो १ बजे बुधबारेमा निर्माणधीन १५ शैयाको अस्पाताल परिसर पुगेका नेता ढकाललाई स्थानीयबासीले स्वागत गरे । स्वास्थ्य मन्त्री भएको बेला हाम्रो ठाउँमा उहाँको पहलमा हस्पिटल निर्माण हुँदै गरेको छ,हामी खुशी भएका छौ स्थानिय राजेन्द्र चेम्जोङ्गले भने' । हस्पिटल निर्माण भएपछि स्वस्थमा सेवा,रोजगार,ब्यापार व्यवसाय समेत यस क्षेत्रमा फस्टाउनेकुराको समेत बिश्वास गरिएको कारण नेता ढकाल धन्यवादको पात्र हुनुहुन्छ" -चेम्जोङ्गले भने ।
भानुभक्त ढकालले आफुलाई कहिलै न बिर्सिने गुण लगाउनु भएको छ भन्दै सोहि वडाकी सविता खवासले जिकिर गरिन । स्तन क्यान्सरको बिरामी मेरो बहिनी कुमारी गच्छदारलाई दुई बर्ष पहिले भरतपुरको क्यान्सर अस्पतालमा उपचारमा उहाँले सहयोगगरी हाम्रो परिवारलाई ठुलो गुण लगाउनु भएको छ' अहिले बहिनीको स्वास्थ्य राम्रो छ - सविताले भनिन' । त्यसैले उहाँ जस्तो नेतालाई जिताउँनु पर्छ' उनले भनिन ।
यो क्षेत्रमा बिगतका सांसदहरु भन्दा धेरै विकासका योजना ल्याउनु भएको छ,अझ राम्रो काम गर्नु हुन्छ भन्ने आशा गरेका छौ स्थानिय युवा सुजित राइले भने ।
दुबै जना उम्मेदवारहरुलाई स्थानिय युवा तथा खेलाडीहरुले पनि स्वागत गरे, उम्मेदवार सँगै फोटो सेशन गर्दै खेलकुद र खेलाडीहरुको लागि राम्रो योजानाहरु ल्याउन पहल गर्नु पर्ने कुरा व्याक्त गरे । नेता ढकाललाई इंगित गर्दै तपाइँ पहिले जिल्ला स्तरिय भलिवल खेलाडी भएको कुरा हामीले थाहा पायौ' युवाहरुले भने' । त्यसैले खेलाडीको मर्म बुझ्नुहुन्छ भन्ने हामीलाई बिश्वास लागेको कुरा स्थानीय फुटवल खेलाडीहरुले व्याक्त गरे ।
घरदैलो कार्यक्रम संगै भएको टोलभेलामा स्थानीय आदिवासी थारु समुदायका महिलाहरुले मनाईने यसकारण सामाचकेवा पर्वमा समाखेल्दै उम्मेदवारहरुलाई आशिर्वाद दिएका थिए । उम्मेदवार सँग स्थानीयबासीले सडक, बिद्युत, खानेपानी, स्वास्थ्य, शिक्षा लगायतका समस्याका विषयमा अवगत गराएका थिए ।
सोही क्रममा उम्मेदवारहरुले यस निर्वाचन क्षेत्र र देशको समृद्धि नेकपा एमालेले मात्र गर्न सक्ने भएकाले आम जनताको समस्या समाधानमा एमाले दृढ रहेको उद्घोष गरेका छन्। चुनावको मुखमा अन्य प्रतिष्पर्धी उम्मेदवारले मतदातामाँझ भ्रम र झुटो आश्वासन फैलाउँदै हिडिरहेकाले त्यसमा आम मतदाता र नागरिक सचेत रहनुपर्नेमा एमालेले जोड दिएको एमाले स्थायी कमिटी सदस्य समेत रहेका संघीय सांसदका उम्मेदवार भानुभक्त ढकालले बताए ।
गत स्थानीय तहको निर्वाचनमा हामीले पराजय भोगेको यो वडामा जनताहरुको उत्साह पुर्वक सहभागीता रहेको एमाले ४ नम्बर शाखा कमिटीका अध्यक्ष सुजित बस्नेतले बताए । जनताको यस्तो उत्साहपुर्वक उपस्थितिले नेकपा एमालेमा जनलहर आएको स्थानिय नेता कार्यकर्ताहरुको अनुमान रहेको छ ।
























