काठमाडौं,२० कात्तिक । नेकपा एकीकृत समाजवादीको भोटेकोसी गाउँपालिका कमिटी नै एमालेमा फर्किएको छ । सो पार्टीका गाउँ पालिका कमिटी अध्यक्ष साङगे शेर्पा सहितको टिम एमालेमा फर्किएको हो ।
एमाले फर्कनु भएका पालिका कमिटीका नेताहरूलाई नेकपा एमाले केन्द्रीय सदस्य एवं सिन्धुपाल्चोक–१ का उम्मेदवार सरेश नेपाल लगायतले स्वगत गर्नुभएको थियो ।
गाउँपालिका कमिटी अध्यक्ष शेर्पा सहित गाउँ पार्टी सचिव निमा दोर्जे शेर्पा, जिल्ला कमिटी सदस्य बलबहादुर तामाङ लगायत भोटेकोसी गाउँपालिकाबाट जिल्ला कमिटीमा प्रतिनिधित्व गर्ने सबै नेताहरू एमालेमा फर्कनु भएको छ ।
पालिका युवा, विद्यार्थी लगायतका जन वर्गीय संगठन र सबै वडा कमिटी समेत एमालेमा समाहित भएको नेकपा एमाले भोटेकोसी गाउँपालिका कमिटी अध्यक्ष अमृत खड्काले जानकारी दिनुभयो ।



















