- मोरङ ३ मा कांग्रेसका ईमान्दार नेता समेत बेचिए : संयोक
उनी माछा चुनाव चिन्ह लिएर यतिबेला निर्बाचनमा होमिएका छन । काँग्रेसभित्र बौद्धिक नेताको छबि बनाएका उनले सोमबार बिहान बेलबारी ३ स्थित ड्रिमल्याण्ड फनपार्कमा आयोजित पत्रकार सम्मेलनमा बाम गठबन्धनका तर्फबाट यस क्षेत्रका उमेदवार नेपाली काँग्रेसका डा.सुनिल शर्माले सोझा नेता र कार्यकर्ता प्रयोग गरि आफु उनीहरुको पछि बसेर घिनलाग्दो खेल खेलेको आरोप लगाए । उनले बेलबारीका केही नेताको नाम नै लिएर उनीहरुको ईमान्दारिता लाई खरिद गरी शर्माले आफनो स्वार्थ पुरा गरेको र यस क्षेत्रमा शर्मा एण्ड कम्पनी नै चलाएको र पार्टी ध्वस्त पारेको आरोप लगाए ।
आफुले काँग्रेसको बिरोध भन्दा पनि काँग्रेस भित्र रहेका गलत स्वार्थ बोकेका मानिसहरुको बिरुद्धमा बिद्रोह गरेको बताए । उनले काँग्रेस नसच्चिए र यस्तै ब्यत्ति हाबी भए पार्टी पनि सकिने र देश पनि सकिने बताए । उनले आफना प्रतिबद्धताहरु समेत प्रस्तुत गरेका छन । शिक्षा,स्वास्थ्य,कृषि,सडक लगायतका बिषयलाई आफनो प्रमुख एजेण्डा बनाएका छन ।
कार्यक्रममा नेपाली काँग्रेसबाट बिद्रोह गरि स्वतन्त्र भएका बेलबारीका राजकुमार लिम्बु,रुक्मिणी धिमाल,पथरीका केशव दुलाल,सागर राई लगायत दर्जनौ नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो । पत्रकार सम्मेलनमा दुलालले रक्सी,मासु र पैसामा पार्टीका ईमान्दार नेता कार्यकर्ता समेत बिक्न थालेको भन्दै पार्टी जोगाउने बेला भएको बताए ।
कार्यक्रममा केही समय अघि नेपाली काँग्रेसका स्थानीय नेताहरुको कार्यशैलिप्रति असन्तुष्टि जनाउँदै पार्टी छोडेको घोषणा गरेका राजकुमार लिम्बुले २०७४ को स्थानीय निर्बाचनमा आफुलाई हराउन लाखौ पैसा बाँडेका ब्यत्तिलाई पार्टीले २०७९ को निर्बाचनमा मेयरको टिकट दिएको र पटक पटक आफुमाथि अन्तरघात गर्ने पार्टीका केही नेताहरुका कारण आर्जित भएर पार्टी छोडेको बताए । बेतना दैनिकबाट



















