दमक,२१ कात्तिक । नेकपा एमालेका अध्यक्ष केपी शर्मा आली भोली(मंगलबार) गृह जिल्ला आउने भएका छन् । २ दिने कार्यक्रममा सहभागी हुन उनी भोली १ बजे आउने भएका हुन् ।
नेकपा एमाले झापा ५ का संयोजक तथा निर्वाचन परिचालन कमिटीका सचिव तुलसी कार्कीका अनुसार दुइ दिने कार्यक्रम अन्तर्गत ओली एक दिन दिनभर आफ्नो निर्वाचन क्षेत्रमा हुने कार्यक्रममा सहभागी हुने छन् ।
मंगलबार २ बजे ओलीले बिर्तामोड सालबारीमा हुने २ नम्बर क्षेत्र स्तरीय आमसभालाई सम्बोधन गर्ने छन् । त्यस दिन बेलुका दमक स्थित निवासमा कार्यकर्तासँग भेटघाट कार्यक्रम छ ।
यस्तै २३ गते १२ बजे दमकको रोयल पार्टी प्यालेसमा बिभिन्न पार्टी परित्याग गरि एमालेमा प्रवेश गर्र्नेहरुलाई स्वागत गर्ने कार्यक्रम छ । कांग्रेसका जिल्ला स्तरीय नेताहरु, जसपाका केन्द्र र प्रदेश स्तरीय नेताहरु त्यस अबसरमा प्रवेश गर्ने छन् । यस्तै माओवादीबाट नगर स्तरीय ठुलो संख्यामा कार्यकर्ता प्रवेश गर्ने सचिव कार्कीले जानकारी दिए ।
सोही दिन अध्यक्ष ओलीले दमक फन पार्कमा पहिलो मतदाता तथा सुभेच्छुक सँग ४ घण्टा बिताउने छन् । केपी बा विथ फष्ट भोटर्स नाम दिइएको सो कार्यक्रममा ओलीले सहभागीहरुसँग तस्वीर खिच्ने र अन्य सांगितिक कार्यक्रममा सहभागी हुर्ने कार्यक्रम रहेको छ । ओली २४ गते काठमाण्डौँ फकर्ने छन् ।



















