काठमाडौं,२५ कात्तिक । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले एमालेलाई आगामी निर्वाचनमा भोट हाल्नुपर्ने पाँच कारण पेश गरेका छन्।शुक्रबार वागमतीस्तरीय सहकारीकर्मीको भेलालाई सम्बोधन गर्दै ‘समृद्ध नेपाल, सुखी नेपाली’को आकांक्षा पुरा गर्नका लागि एमालेले जित्नुपर्ने भन्दै पाँच आधार पेश गरे।
पहिलो - एमाले राजनीतिक स्थायित्व चाहन्छ। राजनीतिक स्थायित्व नभएसम्म देश विकास हुन सक्दैन। मुलुक सञ्चालनको बलियो पार्टी एमाले मात्रै हो। देश सही दिशामा अगाडि बढाउन हामीले राजनीतिक स्थायित्वका लागि एमालेलाई जिताउनुपर्छ।
दोस्रो- राष्ट्रियहीतको रक्षा एमालेले गर्छ। नाकाबन्दी लगाएको बेलामा विरोध गर्नुकुरामा होस् या अतिक्रमित भूमि फिर्ता गराउने कुरामा होस्। वा अंगिृकृत नागरिकता प्रदान गर्ने कुरामा होस्। एमाले जहिलेपनि सही अडानमा उभिएको छ। गठबन्धनका तत्वहरु यस्ता बिषयमा गलत कुरा गरेर लरबराइरहेका छन्। तर, एमालेले राष्ट्रहीतको रक्षामा लडिरह्यो।
तेस्रो: एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री हुँदा उहाँले भन्नुभयो म भ्रष्टाचार गर्दिनँ हुन पनि दिनँ। यो ख्यालख्यालमा चुनावको लागि बोलेको होइन। राष्ट्रप्रमुखले औपचारिक रुपमा यस्तो बोल्छ भने कसैले पनि कानूनविरुद्ध जाने दण्डको भागिदार हुन्छ भनेर दृढतापूर्वक बोल्नुभयो। यो सुशासनको पहिलो सुरुवात हो। यसमा एमालेले भूमिका खेल्यो। गठबन्धनको राष्ट्रद्रोही ढंगले लागेको छ। देशहितविरुद्ध बोलिरहेको छ। अरु त छाडौँ न्यायलयको हालत उस्तै छ। सुशासन कायम राख्नका लागि एमाले चाहिन्छ।
चौथोः आर्थिक विकास र समृद्धिको लागि एमाले चाहिन्छ। हिजो नाकाबन्दी लगाएको बेलामा जनताले दाउरा समेत तराजुमा जोखेर चलाउनुपर्ने अवस्था आयो। त्यसबेलामा हाम्रो नेताले भन्नुभयो हामी हाम्रो देशमै ग्यास उत्पादन गछौँ। दैलेखको ग्यास उत्खनन् गर्नका लागि चिनीयाँ विशेषज्ञको टोलीलाई ल्याएर काम गर्नुभयो। त्यहाँ सकारात्मक परिणामका पुगेका छौँ। राजमार्ग निर्माण, औधोगिक क्षेत्र निर्माण गर्ने, रणीतिक सडक निर्माण, अस्पताल निर्माणको थालनी एमालेले गरेको छ।
पाँचः सामाजिक सुरक्षाकोे सुनिश्चित एमालेले गर्छ। हिजो मनमोहन अधिकारिको पालमा जेष्ठ नागरिकहरुलाई महिनाको एक सय रुपैयाँ दिन थाल्नुभएको थियो। हामीले अहिले त्यसलाई पाँच हजार बनाउने प्रतिबद्धता गरिसकेका छौँ। हामी जेष्ठ नागरिक मात्रै नभएर विपन्न वर्गमा परेकालाई पनि दिएका छौँ। त्यसकारण एमालेलाई मत दिनुपर्छ।



















