पथरी,२६ कात्तिक  । नेकपा एमाले मोरङ क्षेत्र नं. ३ ले चुनावी अभियानलाई तिव्रताका साथ अघि बढाइरहेको छ । आज मोरङको पथरीशनिश्चरे वडा नं. ९ मा चुनावी अभियान अन्तर्गत घरदैलो कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ । 

315270477_512941464179571_7632606400190505144_nवडा नं. ९ को पुलचौकबाट सुरु गरिएको घरदैलो कार्यक्रममा उम्मेदवारद्वय प्रतिनिधि सभा सदस्य भानुभक्त ढकाल र प्रदेश १ (क) सदस्यका उम्मेदवार दिलिपकुमार राई सहितको जम्बो टिम अभियानमा सहभागी भएका थिए । 

सुरुवात पुलचौकको कोणसभालाई उम्मेद्वारले ढकालले सम्वोधन गर्नुभएको थियो । त्यसपश्चात रिगुवा, जनएकता चौक, माझी गाउँ, महेन्द्र चौक, धिमाल ग्रामथान, मगर टोल, शनिश्चरे हटिया बजार, पिपल चौक, ढुंगेल चौक, सिरिजंघा चौक, गुराँस चौक हुँदै शनिश्चरेको मुख्य चौकमा कोणसभा भई समापन गरिएको थियो । दुई उम्मेद्वार वडावासीसँग मत माग्दै कोणसभालाई सम्बोधन गर्दै दिनभर व्यस्त रहेका थिए ।   

314503086_2340498046110512_4948617979678444630_n (1)अभियानमा केन्द्रीय सदस्य युवराज बास्कोटा, पुरानी एमाले नेतृ वसन्ती राई, प्रदेश निर्वाचन समन्वय कमिटी क्षेत्र नं. ३ का संयोजक देवराज भण्डारी लगायतले सम्वोधन गरेका थिए । 

अन्त्यको कोणसभामा प्रतिनिधि सभा सदस्यका उम्मेद्वार भानुभक्त ढकालले आगामी मंसिर ४ गते हुने निर्वाचनमा नेकपा एमालेको बहुमतको सरकार बन्ने दाबी गरे ।

314405282_2340498222777161_8014093161880664579_n (1)