सुर्खेत,२७ कात्तिक । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सत्तारुढ गठबन्धनलाई प्रतिगामीको आरोप लगाएका छन्। अध्यक्ष ओलीले हाँडी घोप्टे जस्ताले देश चलाएको बताए।

आइतबार कालिकोटको रास्कोटमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले भागेर गएको राजतन्त्र फेरि  सत्तारुढ गठबन्धनले ल्याउने प्रयास गरीरहेको बताए। ‘प्रतिकृयावादी शक्तिहरूसँग साठगाँठलाई तोड्नुपर्छ,’उनले भने,‘उनले विकास र निर्माण अभियानमा एमाले लागेको छ।’

अध्यक्ष ओलीले भने, ‘यति बेला हाम्रो  देश कता जाने यस मंसिर ४ गतेले फैसला गर्नेछ, मंसीर ४ ले यस देशको राष्ट्रियता, यस देशको स्वाधीनता, यस देशको स्वतन्त्रता, यस देशको भौगोलिक अखण्डता र यस देशको राष्ट्रिय हितको रक्षा र सम्वर्द्धन सँगसँगै देशको गौरव र स्वाभिनमाथि उठाउने कि देशलाई पराधीनतातर्फ देशलाई लाने यो फैसला मंसिर ४ ले गर्छ ।’