पथरी,२७कार्तिक । मोरङको पथरीशनिश्चरे वडा नं. ७ का वडाबासीहरुले आजको आवश्यकता नेकपा एमाले र प्रदेश सभा सदस्यका उम्मेद्वार दिलिपकुमार राईको अपरिहार्यता रहेको बताएका छन् ।
नेकपा एमालेको घरदैलो अभियानमा वडाबासीले प्रदेश नं. १ (क)का प्रदेश सदस्यका उम्मेद्वार राई सामु सो कुरा बताएका हुन् । आज बाक्लो उपस्थितिमा नेकपा एमालेले लामाटोलीबाट घरदैलो अभियानको सुरुवात गरेको थियो ।
त्यसपश्चात् सहिद मार्ग, किराती चौक, मिर्मिरे चौक, भोटेघुम्ती, लालशेर सेन्दाङको मुर्ति, किर्तिपुर बजार, मंगलबारे, बकेना डाँडा हुँदै विष्णुचौकमा आएर समापन गरिएको थियो ।
विष्णुचौकको कोणसभालाई पुराना कम्युनिष्ट विचारी गुरुङले पनि सम्वोधन गरेका थिए । सोही स्थानमा वडाबासीलाई सम्वोधन गर्दै उम्मेद्वार दिलीपकुमार राईले भने–‘पथरीशनिश्चरे नगरपालिकालाई ५ वर्षमा समुन्नत नगरपालिका बनाउन एमाले तत्पर रहेको छ ।’
विभिन्न चौकमा गरिएको कोणसभामा उम्मेद्वार राईका अलवा नेकपा एमाले प्रदेश कमिटी सदस्य देवराज भण्डारी, पथरीशनिश्चरे नगर अध्यक्ष रमेश दाहाल, उपाध्यक्ष उमानाथ अधिकारी लगायतले सम्वोधन गरेका थिए भने कार्यक्रम संचालन नगर सचिवालय सदस्य विरोज मगरले गरेका थिए ।




















