कानेपोखरी,२९ कात्तिक । मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेस सभाको निर्वाचनमा मोरङ ३ मा नेकपा एमालेमा प्रवेशको लहर चलेको छ । उम्मेदवार मनोनयन गरेदेखि नै प्रचार प्रसारलाई तिब्र रुपमा पारे सँगै एमालेले बिभिन्न राजनिती पार्टीका नेता कार्यकर्ताहरुलाई पार्टी प्रवेशको लहर चलाएको छ ।

Screenshot (1290)

यसैक्रमा निर्वाचन क्षेत्रका  बिभिन्न स्थानबाट एमाले प्रवेशको लहरले मोरङ ३ मा  प्रतिनिधि सभामा एमालेका उम्मेदवार भानुभक्त ढकाललाई निर्वाचितहुन् सहज भएको एमालेका नेता कार्यकर्ताहरुले दाबी गर्न थालेका छन् ।

यसैक्रममा  सोमबार एमालेको कानेपोखरी गाउँपालिका स्तरीय चुनावी सभामा नेपाली कांग्रेस र माओवादी केन्द्र परित्याग गरी ६० जना भन्दा बढी  एमालेमा प्रवेश गरेका छन्   । 

 कानेपोखरी ६ विहिबारे बजारको सभामा सन्दिप आलेमगर, सुस्मिता जोगी,कांग्रेस पार्टी परित्यागरी एमालेमा प्रवेश गरेका छन् ।

त्यसैगरी वडा नं. ५ भौसाबारीकोको चुनावीसभामा माओवादी केन्द्र परित्याग गरी  गाउँकमिटि सदस्य राजकुमार तामाङ्गको नेतृत्वमा ५० जना एमालेमा प्रवेश गरेका छन् I

 वडा कमिटी उपाध्यक्ष दिपक प्रसाद सुवेदी, वडा कमिटी सहसचिव रेखबहादुर कार्की, सदस्यहरु डिल्ली गिरी, हरीबहादुर कार्की, हिरा खड्का, रेम बहादुर खड्का, जीवन यादव, नरेश काफ्ले, केशव श्रेष्ठ, उमाकान्ता चौधरी, स्वस्तिका सुवेदी, पर्शुराम तामाङ, कुमारी तामाङ, तारा तामाङ, विकास तामाङ, लोकेन्द्र कार्की, भगवती कार्की, जानुका र अम्किा कार्की, चन्द्रकला खड्का, जीवन खड्का लगाएत रहेका छन्  ।

त्यसैगरी सोही सभामा नेपाली कांग्रेस क्रियासिल सदस्य विष्णु बहादुर धिमाल पनि एमालेमा प्रवेश गरेका छन् । त्यसैगरी कानेपोखरी ६ स्थित कानेपोखरी चोकको सभामा नेपाली कांग्रेसका हस्त गुरुङ लगाएत पार्टी परित्याग गरी एमालेमा प्रवेश गरेका छन् ।

नव प्रवेशीहरुलाई मोरङ क्षेत्र नं ३ प्रतिनिधिसभाका उम्मेद्वार भानुभक्त ढकाल र क्षेत्र (क) प्रदेशसभा उम्मेद्वार दिलिपकुमार राईले अविर र माला लगाई स्वागत गरेका थिए ।

Screenshot (1289)चुनावी र्याली वडा नं. ७ को आइतबारेमा सुरु भएर शुक्रबारे, विहिबारे, मुलगाउँ, पिङडाँडा, गैरीगाउँ, प्रगती चोक हुदै नारायण चोक, मिलन चोक, बयरवन, कालिस्थान, परिवर्तन टोल ट्रान्मिटर चोक हुदै रमाइलो चोकमा समापन भएको थियो ।

चुनवी सभाको कार्यक्रम एमाले जिल्ला कमिटि सदस्य नविन पौड्यालले संचालन गरेका थिए । कार्यक्रममा एमाले केन्द्रिय सदस्य युवराज बाँस्कोटा, प्रदेश सदस्य ताराबहादुर काफ्ले जिल्ला कमिटि सचिवालय सदस्य भोला अधिकारी र जिल्ला सदस्य दानबहादुर बस्नेत लगाएत रहेका थिए ।

314482130_797041081403297_5230181940882523826_n