पर्वत,२९ कात्तिक । नेपाल तरुण दल अध्यक्ष विद्वान गुरुङले नेकपा एमाले पार्टी केपी ओली प्रालिमा परिणत भइसकेको बताएका छन् । आज पर्वतको जलजलामा आयोजित तरुण भेलालाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् ।
अध्यक्ष गुरुङले नेतृत्वको गलत कार्यको आवाज उठाउँदै गर्दा आज भीम रावल, घनश्याम भुसाल जस्ता पार्टीका बलिया नेता बिहरगमित हुन पुगेको बताए । ओलीले नेपालीको भावनालाई कुल्ची रहेको आरोप समेत लगाए ।
पटकपटक संसद विघटन गरेर ओलीले अफू महाराजा बन्ने सपना देखेर देशलाई दुर्घटनामा पार्न खोजेको पनि बतए । उनले यसपटक सत्ता गठबन्धनलाई विजयी गराएर संविधान र लोकतन्त्रको रक्ष गर्न आग्रह गरे ।
पार्टीभित्र केही असन्तुष्टि रहेतापनि मुलुकको आवश्यकताका कारण बाम लोकतान्त्रिक गठबन्धन बनेको बताउँदै उनले संविधानको रक्षा र मुलुकको विकासका लागि जनतालाई गठबन्धनको पक्षमा उभिन आग्रह गरेका छन् । दृष्टी बाट




















