पथरी,३० कात्तिक । प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनकोे सम्मुखमा आज पथरीशनिश्चरे–१० र ४ मा एमालेको वृहत् घरदैलो कार्यक्रम भएको छ ।

315110444_473231654793704_4051695851009374604_nनेकपा एमालेका तर्फबाट मोरङ क्षेत्र नं. ३ प्रतिनिधि सभा सदस्यका उम्मेद्वार भानुभक्त ढकाल र प्रदेश सभा सदस्य (क)का उम्मेद्वार दिलिपकुमार राई (किशोर) सहित भएको घरदैलो कार्यक्रममा दुवै वडाका वडाबासीहरु उत्साहित देखिन्थे । 

विहानीको समयमा वडा नं. १० को घरदैलो र कोणसभा पश्चात् वडा नं. ४ तर्फ कार्यक्रम अघि बढेको थियो । 

शनिश्चरे चौकबाट १ बजे सुरु भएको घरदैलो कार्यक्रम नयाँ सोम्बारे हुँदै सम्झना चौकको कोणसभामा उम्मेद्वार दिलिपकुमार राई (किशोर)ले सम्बोधन गरेका थिए।

यस्तै सिरिसे डाँडामा प्रतिनिधि सभा सदस्यका उम्मेद्वार भानुभक्त ढकालले सम्बोधन गरे। यस्तै घरदैलो कार्यक्रम नमूना चौकमा पुगेर कोणसभा भई विसर्जन भएको थियो ।

315313959_514144107292944_8283319512148048576_n