पथरी, ३० कार्तिक । नेकपा एमालेका स्थायी कमिटी सदस्य एवम  मोरङ ३ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार भानुभक्त ढकालले एमालेले अरुले जस्तो आस्वासनमा सिटामोलको पत्ता देखाएर भ्रम छर्ने नभई अस्पताल बनाएरै देखाएको बताएका छन ।  

315765458_2343786555781661_8393324555194113936_nउनले बुधबार आफ्नो निर्वाचन क्षेत्रको पथरीशनिश्चरे १० को चुनावी घरदैलो कार्यक्रममा बोल्दै  एमालेको समृद्धिको अभियानबाट तर्सिएर परमादेशबाट सरकार ढालेर अहिले उल्टो एमालेलाई केही गरेन भनेर गाली गर्नुको कुनै तुक नभएको बताए । आफ्ना प्रतिस्पर्धीप्रती लक्षित गर्दै उनले भने - सिटामोलको पत्ता देखाएर होइन अस्पताल बनाएरै देखाएका छौं । आफू स्वास्थ्य मन्त्री हुँदा  एकैपटक देशमा ३ सय ९६ वटा अस्पताल शिलान्यास गरेर नमूना काम थाल्यौं । जस अन्तर्गत १५ बेड पथरी नगर अस्पतालमा १८ करोडको बजेटमा काम भइरहेको छ । 

पूर्व मन्त्री समेत रहेका उनले आफ्नो पहलमा भूमीको दिर्घकालिन समाधानका लागि नीति निर्माण गरेर आयोग गठन गरि काम थालिएको अवस्थामा तर्सिएर परमादेशमार्फत सरकार ढाल्ने काम भएको जनाउदै भन्छ्न - सरकार ढालेर काम चाहिँ गर्न नदिने । अनि अहिले काम गरेन भन्ने । लु हामीले त काम गरेनछौ, तर गठबन्धनले २ बर्ष सरकार चलाउदा चाहिँ किन केही काम नगरेको त ? यस्ता कुरा गरेर भ्रमको खेती नगरौं । जनताले सबै बुझिसकेका छ्न । अब हाम्रो सरकार बनाएर भूमि सहितका अधुरा काम पूरा गर्छौ। 

Screenshot (1298)एमालेले देशमा समृद्धिको जग बसालेर अघि बढेको बताउदै एमाले सरकारको पालामा गान्धी मनमोहन सडकमा १ अर्ब ९४ करोड बजेट बिनियोजन गरि काम थालिएको अवस्था सुनाए । उनले गुनासो गर्दै भने - तर अहिले रामेछापतिरका रुख चिन्ह लिएर उठेका ठेकेदारले काम रोकिरहेका छ्न ।

डास सहित ३ नम्बर क्षेत्रका ४ नदीको दीर्घकालिन तटबन्धका लागि बहुबर्शिय योजनामा पारेको र डासलाई यो बर्ष ९० लाख बिनियोजन भएको सहित आफुहरूले सुरू गरेको समृद्धिका योजनाहरू सुनाए । एमालेले अब बृद्ध भत्ता ५ हजार पुर्याउने, मजदुरको पारिश्रमिक न्युनतम २५ हजार पुर्याउने, बिजुली, पानीमा राहत दिने सहितका प्रमुख २० बुदाका कार्ययोजनाको घोषणापत्र अघि सारेको समेत उनले जानकारी गराए ।

उनले पथरी बहुमुखी क्याम्पस, ८ को बुद्ध माबि, शान्ति सामुदायिक सहितका बन, सेरामिक पार्क, पथरीशनिश्चरे र कानेपोखरी जोडने डास खोलामा पुल, सुन्दरी चोकमा बक्राहामाथी झोलुङे पुल, सेल्फी रोड सहितका ठूल्ठूला योजनाहरू नगरमा पार्न सफल भएको जानकारी गराए । थुप्रै  योजना ल्याएर समृद्धिको अभियान अघि बढाएको अवस्थामा आफू सहितका एमाले उम्मेदवारलाइ तथ्यहिन लान्छाना लगाएर चरित्र हत्या गर्न बेनामे पर्चा छरेर निर्वाचन आचारसम्हिताको ठाडाे उल्लङगन भन्दै घोर बिरोध गरेका छन । 

४ नम्बर वडामा समेत भएको कार्यक्रममा प्रतिनिधिसभा समानुपातिक उम्मेद्वार नरनाथ लुइँटेल र प्रदेश क का उम्मेद्वार दिलीपकुमार राई सहित पार्टीका केन्द्रीय सदस्य युवराज बास्कोटा, प्रदेश सदस्य देवराज भन्डारी,  जिल्ला सदस्य यमुना बिष्ट सहितको उपस्थिती रहेको थियो ।