काठमाडौं,२ मंसिर । नेकपा एमालेबाट काठमाडौं क्षेत्र नम्बर ५ (ख) का उमेदवार दीपक निरौलाले आफूमाथि लगाइएकाे आराेप पुष्टि गर्न चुनाैती दिनुभएकाे छ ।
पैसा बाँडेकाे आराेप लगाइएपछि निराैलाले त्यसकाे पुष्टि गर्न शुक्रबार सामाजिक सञ्जालमार्फत चुनाैती दिनुभएकाे हाे । पैसा बाँडेकाे आराेपमा उहाँसहित ३ जनालाई प्रहरीले नियन्त्रणमा लिएकाे बताइएकाे छ ।
निरौलाले आफू क्यान्सर रोगबाट पीडित तोक्मान लामासँग कुराकानी गरिरहेका बेला अनावश्यक आरोप लगाइएको उल्लेख गर्नुभएकाे छ ।
'म क्यान्सर रोगबाट लामो समयदेखि बिरामी तोक्मान लामासँग कुराकानी गरिरहँदा अनावश्यक कुरा निकाली समाज आतंकित पार्ने कार्य नगरेको राम्रो हुन्छ, म राजनैतिक प्राणी हुँ, गैरराजनैतिक काम मेरो आदर्श हैन, मेरो चुनौती छ, मित्रहरू आरोप पुष्टि गर्नुस्, बरामद केही भए सप्रमाण आउनुस्'- निराैलाले लेख्नुभएकाे छ ।