काठमाडाैं,२६ मंसिर । नेकपा एमालेकाे युवा संगठन राष्ट्रिय युवा संघ नेपालले जनहित विपरित ल्याइएकाे अध्यादेश तत्काल फिर्ता गर्न माग गरेकाे छ ।
राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष किरण पाैडेलले साेमबार विज्ञप्ति जारी गर्दै अध्यादेश तत्काल फिर्ता लिन माग गर्नुभएकाे छ । अध्यादेश फिर्ता नलिए आन्दाेलनकाे आँधीबेहरी ल्याउने चेतावनी समेत उहाँले दिनुभएकाे छ ।
सरकारले संविधानकाे मर्मविपरित अध्यादेश ल्याएकाे उल्लेख गर्दै युवा संघले घाेर भर्त्सना समेत गरेकाे छ । आइतबार बसेकाे मन्त्रिपरिषद् बैठकले मुलुकी फौजदारी कार्यविधि संहिता (पहिलो संशोधन) अध्यादेश, २०७९ जारी गर्न राष्ट्रपति समक्ष सिफारिस गरेकाे छ । रेशम चाैधरी लगायतका नेतालाई जेलबाट छुटाउने उद्देश्यले सरकारले अध्यादेश ल्याएकाे हाे ।
चाैधरी लगायतलाई जेलबाट छुटाएर बहुमत पुर्याउने र नयाँ सरकार गठन गर्ने सरकारकाे रणनीति छ ।
.jpg)




















