काठमाडौँ,१० पुस । काठमाडौँ महानगरपालिकाका प्रमुख (मेयर) बालेन्द्र शाहले नवनिर्वाचित सांसदहरूलाई ‘नयाँ गफाडी’को उपमा दिएका छन् ।
स्वतन्त्र उम्मेदवार बनेर काठमाडौँ महानगरको मेयर पदमा विजयी बालेन्द्रले सामाजिक सञ्जालमार्फत नवनिर्वाचित सांसदहरूविरुद्ध टिप्पणी गरेका हुन्।
उनले लेखेका छन्
गत मंसिर ४ गतेको चुनावबाट निर्वाचित प्रतिनिधिसभा सदस्यहरूले बिहीबार मात्रै शपथ खाए । यस चुनावबाट कतिपय व्यापारी पनि सांसद बनेका छन्।
यस्तै यसपालिको निर्वाचनबाट नयाँ राजनीतिक दलको उदय भएको छ भने ५ जना स्वतन्त्र उम्मेदवार विजयी भएका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टी यही चुनावबाट उदाएका हुन्।
नयाँ सांसदविरुद्ध कवितात्मक शैलीमा टिप्पणी गरेको बालेन्द्रले किन त्यसो भने भन्ने कुराचाहिँ खुलाएका छैनन्।




















