काठमाडौं,१० पुस । नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्ड बालकोट पुग्नुभएको छ । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले प्रधानमन्त्रीको दाबी नछाडेपछि प्रचण्ड एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुग्नुभएको हो ।

देउवाले बालुवाटारमा बोलाएपनि उहाँ बालुटारतर्फ नगई बालकोट पुग्नुभएको हो । बैठकमा एमाले उपाध्यक्ष बिष्णु पौडेल, महासचिव शंकर पोखरेल, उपमहासचिव बिष्णु रिमाल, माओवादीबाट नारायणकाजी श्रेष्ठ र देव गुरुङ सहभागी हुनुहुन्छ ।

321625910_850132196268906_4054527063899589552_n (1)

आइतबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच वान टु वान वार्तापछि सत्ता गठबन्धनको बैठक सुरु भएको थियो । तर बैठकमा बैठक सहमति जुट्न नसकेपछि प्रचण्ड बालुवाटारबार बाहिरिनु भएको हो । गठबन्धन तोडियो भनेर हिँडेका प्रचण्डलाई देउवाले अन्तिम प्रयासका लागि बालुवाटार बोलाउनु भएको थियो । तर उहाँ बालकोट जानुभएको हो ।

राष्ट्रपति बिद्यादेवी भण्डारीले संविधानको धारा ७६ (२) अनुसार बहुमत पुर्याएर प्रधानमन्त्री दाबी गर्न आज ५ बजेसम्मको समय ताक्नुभएको छ । बहुमत पुर्याउने दलले आज ५ बजेभित्र दाबी पेस गर्नुपर्नेछ। धारा ७६ (१) बमोजिम प्रधानमन्त्री नियुक्ति गर्न कुनै पनि दलले स्पष्ट बहुमत प्राप्त गरेको नदेखिएपछि धारा ७६(२) बमोजिम राष्ट्रपतिले आह्वान गर्नुभएको हो । तर समयसीमा घर्कदै जाँदा सत्ता बाँडफाडको टुंगो लागेको छैन।

कांग्रेस र माओवादी दुवैले नेकपा एमालेलाई देखाएर वार्गेनिङ गर्दै गठबन्धन छाड्ने ‘धम्की’ दिँदै आएका छन्। बैठकमा कुरा मिल्न नसकेपछि नयाँ रणनीति तय गर्न प्रचण्ड ओलीसँग संवाद गर्न पुग्नुभएको हो । बालुवाटारमा गठबन्धन तोडेको घोषणासहित प्रचण्ड बालकोट पुग्नुभएको हो ।