काठमाडौं,१० पुस । सत्ता गठवन्धनबाट माओवादी केन्द्र बाहिरिए पनि माधव नेपाल नेतृत्वको नेकपा एस भने मौन बसेको छ । आज बिहान सत्ता गठवन्धनको वैठक छाडेर माओवादी अध्यक्ष प्रचण्ड निस्कनु भए पनि एसका नेताहरु माधव नेपाल र झलनाथ खनालले प्रधानमन्त्री देउवासँग थप वार्ता गर्नुभएको छ ।
माधव निकट एक नेताका अनुसार कुनै पनि हालतमा एमालेको सरकार बन्न नदिने, जसरी पनि नेपाली कांग्रेसको नेतृत्वमा सरकार बनाउन नेकपा एस प्रतिवद्ध रहेको जानकारी देउवालाई दिइएको छ ।
माओवादीको साथ छाड्ने तर कांग्रेसको साथ नछाड्ने माधवको पार्टीका नेताहरुले अनौपचारिक रुपमा बताएका छन् तर कसैले पनि मुख खोलेका छैनन् ।




















