काठमाडौं,१० पुस । बालकाेट बैठकमा भएकाे सहमतिपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संयुक्त अभिवादन गर्नुभएकाे छ ।
एमाले अध्यक्ष ओलीकाे निवास बालकाेटमा आइतबार प्रचण्डलाई प्रधानमन्त्री बनाउने सहमति भएकाे थियाे । साे सहमतिपछि ओली र प्रचण्डले बार्दलीबाट संयुक्त अभिवादन गर्नुभएकाे फाेटाे ओलीकाे सचिवालयले सार्वजनिक गरेकाे छ ।
बहुमत सांसद्काे हस्ताक्षरसहित एमाले ओली र प्रचण्ड राष्ट्रपति भवन शीतल निवासतर्फ लाग्नुभएकाे छ । त्यसक्रममा एमाले अध्यक्ष ओलीले अहिले ढिला भएकाले पछि बाेल्ने प्रतिक्रिया दिनुभएकाे थियाे ।




















