काठमाडौं,११ पुस । नवनियुक्त उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले पदभार ग्रहणमै बोल्ड निर्णय लिनुभएको छ । पदभारसँगै मन्त्री पौडेलले अर्थमन्त्रालय मातहतका निकायलाई अनलाइन प्रणालीबाट व्यवस्थित बनाउने पहिलो निर्णय पौडेलले गर्नुभएको हो ।

पदभार ग्रहणपछि सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री पौडेलले अर्थतन्त्रका क्षेत्रमा देखिएका सम्पूर्ण समस्या हल गर्न आफू लागि पर्ने बताउनु भयो । विगतको अर्थतन्त्रबाट चिन्तित हुने अवस्थालाई सुधार गर्ने पनि पौडेलले बताउनु भएको छ ।

यस्तै खस्कँदो आर्थिक अवस्था किन आयो भन्ने बिषयमा संघन पहिचान गरी समाधानको बाटो खोज्ने जानकारी पनि उहाँले दिनुभयो । मन्त्री पौडेलले समस्या समाधानका लागि अर्थ जगतका सबै क्षेत्र र विषय विज्ञसँग आवश्यक छलफल गरी निर्णय लिने जानकारीसमेत दिनुभएको छ ।