काठमाडौं,१२ पुस । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र नेकपा एकता राष्ट्रिय अभियान चलाइरहेका नेता वामदेव गौतमबीच करिब ३ घण्टादेखि छलफल जारी छ ।
नेकपा एसको पार्टी कार्यालय आलोकनगरमा नेपाल र गौतमबीच छलफल भइरहेको हो । उनीहरूबीच अब कसरी अगाडि जाने भन्ने विषयमा कुराकानी भएको बताइएको छ ।
आफूलाई प्रधानमन्त्री बनाउन कांग्रेस सभापति शेरबहादुर देउवा तयार नभएपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेससँगको गठबन्धन तोडेका थिए । प्रचण्ड एमालेसँग गठबन्धन गरेर प्रधानमन्त्रीमा नियुक्त भइसकेका छन् ।
एमालेसँग गठबन्धन गर्न जाँदा प्रचण्डले आफूसँग छलफल नगरेको भन्दै नेपाल उनीसँग असन्तुष्ट छन् । त्यस्तै नेकपा एकताको अभियान चलाएका गौतमको भूमिका पनि पछिल्लो राजनीतिक घटनाक्रममा देखिएको थिएन ।




















