काठमाडौं,१५ पुस । संबिधानविद् डा भिमार्जुन आचार्यले ठूला दलहरूले साना दललाइ एकै सटमा स्वाहा पारिदिने खतरा भएकाे बताएका छन् ।

आचार्यले नयाँ सरकार गठन र नयाँ सरकारमा नयाँ दलकाे अबस्था एवम् हैसियतबारे इङ्गित गर्दै याे कुरा बताएका हुन् । ट्विटरमा आचार्य लेख्छन्, ठूला भनिएका दलहरूले नयाँहरूलाई एकै घानमा एउटै सटले स्वाहा पारिदिने खतरा बढ्यो।

विशेषगरेर रास्वपाले गृहमन्त्री र जनमतले उद्याेग मन्त्री लिएकाेप्रति इङ्गित गर्दै आचार्यले मन्त्री नै बन्ने भए कृषि, शिक्षा र स्वास्थ्य क्षेत्रमा धेरै सुधाकाे आवश्यक्ता छ भनेका छन् । आचार्यले नयाँ दलले लिएकाे मन्त्रालयमा काम गर्न सकिने अबस्था कम रहेकाेतिर संकेत गर्दै लेखेका छन्, “कृपया जनमतमाथि घात नगर्नु हाेला” ।

आचार्यले ट्विटमार्फत नयाँ दललाइ ठूला दलले काम गर्न नसक्ने मन्त्रालयतिर प्रेरित गरेकाेतिर इङ्गित गरेका छन् । उनले मन्त्रीबाहेक पनि संसदभित्र पनि धेरै कामहरू भएका बताएका छन् ।