काठमाडौं,१५पुस । नेकपा एमालेका पूर्व उपाध्यक्ष बामदेव गौतम बिधानमा रहेको ७० बर्षे प्रावधान हटाए आफू एालेमा फर्कन तयार रहेको बताउनु भएको छ ।

एमाले पोलिटब्यूरा सदस्य सूर्य थापालाई बधाइ दिने क्रममा गौतमले यस्तो बताउनु भएको हो ।

प्युठानबाट निर्वाचित पूर्वसांसदहरुलाई भेट्ने क्रममा गौतमलाई थापाले भेट गर्दा गौतमले यस्तो बताउनु भएको हो । भेटमा एमाले पोलिटव्युरो सदस्य थापाले गौतमलाई वक्तव्य दिएर एमालेमा फर्किन सुझाव दिनुभएको थियो ।

‘प्रचण्डलाई प्रधानमन्त्री बनाउने तपाईंको इच्छा पूरा भइहाल्यो । अब वक्तव्य दिएर पार्टीमा फर्किनुस । प्रचण्डलाई प्रधानमन्त्री बनाउनकै लागि तत्कालीन नेकपामा त्यत्रो गर्नुभयो, अब तपाईंको इच्छा पूरा भयो त ?’ गौतमसँग थापाको भनाई थियो ।

जवाफमा गौतमले एमालेले ७० वर्षे उमेर हद विधानमा लगाएकाले आफू एमालेमा फर्किएर पनि केही भूमिका नपाउने भन्दै विधानको सो व्यवस्था हटाए फर्कने बताउनु भएको हो ।